आइतबार, साउन १७, २०८३

टफउड गोल्ड प्लाई नेपाली बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  भारतको प्रिमियर प्लाइउड कम्पनी टफउड इन्डिया प्रालिद्‍वारा उत्पादित टफउड ब्राण्डको प्रिमियम प्लाइउडे नेपालका लागि आधिकारिक बिक्रेता जसी एक्साइमले  नेपाली बजारमा बिक्री बितरण शुरु गरको छ। 

भारतको सर्बोत्कृष्ट प्लाइउड मध्ये यो ब्राण्डको प्लाइउडमा अत्यन्त लोकप्रिय रहेको छ। टफउडको गोल्ड ब्राण्डको यो प्लाइउड नवीनतम प्रबिधि प्रयोग गरि निर्माण हून्छ र यो टिकाउ र कडा रहेको छ । यो प्लाइउडको डिजाइन र सजावट धेरै किसिमको समकालीन जीवनशैली सुहाउदो रहेको तथा उच्च बास्तुशिल्प र व्यवसायिक तवरको रहेको छ । यो प्लाइउड १६ एम.एम, १९ एमएम,२२ एमएम, ३२ एमएममा उपलब्ध रहेको छ।

अल्याधुनिक उत्पादन प्रबिधि प्रयोग गरि उत्पादन हुने यो प्लाइउडमा उच्च गुणस्तरता कायम रहेको छ साथसाथै मजबूत प्रणाली टिकाउ रहेका छन् । नेपालको हावापानी सुहाउँदो यो प्लाइउड हिमाल, पहाड, तराई र मधेशमा बर्षौ बर्ष टिक्दछ र नेपालको हावापानी सुहाउँदो रहेको हुँदा यो प्लाइउड अत्यन्तै उपयोगी हुनेमा कम्पनी बिश्वस्त रहेको छ।
 
टफउड गोल्ड प्लाइउड विभिन्न वर्गका प्लाईउडको बजारको बिचमा आफ्नो मजबूत स्थान ओगटेको छ। यसमा मध्यम घनत्व फाइबरबोर्ड ९ःँम्० प्राक्टिकल बोर्ड, ब्लकबोर्ड, लचक प्लाई, सुटरिङप्लाई र अन्य समावेश गरिएको छ। विभिन्न एम.एममा उत्पादन हुने प्लाईमा  एकदमै टिकाउपन हुन्छ, जबकि यसले उत्पादनलाई पातलो हल्का बनाई एकदमै महत्वपूर्ण लाभ प्रदान गर्दछ। यो, वास्तवमा, बृहत फाइदाका साथै सिर्जना गरिएको छ । र यसैले गर्दा ग्राहकको पैसा बचाउनको साथसाथै  महत्वपूर्ण कुरा वातावरण-मैत्री छ।

टफउड प्लाईले कुनै पनि निर्माण कार्यलाई राम्रो बनाउदछ र सजावट आर्कषक हुन्छ। यसमा  बिभिन्न आकारमा डिजायन गर्न सजिलो हुन्छ र उच्च गुणस्तरको भएको हुदा पैसाको बचत पनि त्यतिकै बढी हुन्छ रे काम गर्न सजिलो हुन्छ। यो प्लाइउढ उत्पादन गर्दा २० प्रतिशत भन्दा कम कच्चा पदार्थको प्रयोग गरिन्छ र जसका कारण यो बातावरण मैत्री रहेको छ। 

नेपालको वातावरणलाइै मध्यनजर गरि डिजायन तथा उत्पादन गरिएको हुँदा यो प्लाइउड नेपालको हरेक क्षेत्रको हावापानी सुहाउदो रहेको छ साथसाथै सिकर्मीहरुको पहिलो रोजाइमा यो टफउड प्लाई रहेको कम्पनीले जनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्