काठमाडौं- एसएसपी बढुवामा असन्तुष्टी जनाउँदै पदबाट राजिनामा दिएका एसपी नरेन्द्र उप्रेतीको राजिनामा स्वीकृत गरिएको छ। गृहमन्त्रालयका सचि प्रेम कुमार राईले उप्रेतीले दिएका राजिनामा स्वीकृत गरेका हुन्।
गृहमन्त्रालयले एसएसपी बढुकोलागी गत सनिबार मध्यरातमा केहि कनिष्ठ र बिवादास्पद एसपीलाई बढुबा गरेपछि गृहमन्त्रालय र नेपाल प्रहरी मुख्यालय बिवादमा तनिएको छ।
प्रहरी नियमावली २०७१ अनुसार एसपीको राजिनामको स्वीकृती गर्ने नगर्ने अधिकार गृहसचिबको हुन्छ। उप्रेतीको राजिनामा विहिबार साँझ स्वीकृती गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४