आइतबार, साउन १७, २०८३

लेखा समितिमा अड्‍‍कियो हलो, अन्यमा सर्वसम्मति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- नेकपाभित्र विवाद बढेपछि प्रदेश २ को प्रदेशसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले नेतृत्व शुक्रबार पनि नेतृत्व पाउन सकेन। भागबण्डामा नेकपाले पाएको लेखा समितिका अध्यक्षका लागि आफ्नै दलबाट दुईजनाले उम्मेदवारी दर्ता गराएपछि विवाद उत्पत्र भएको हो।

लेखा समितिका अध्यक्षका लागि नेकपाका शत्रुध्न महतो र भरत साहले उम्मेदवारी दर्ता गराएपछि प्रदेशसभा सचिवालयले शुक्रबार बिहान १० बजे मतदानबाट अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो।

तर, उम्मेदवारी दर्ता गराएका महतो र साह दुबैजनाको उम्मेदवारी रद्द भएपछि लेखा समितिको अध्यक्ष चयन गर्ने प्रक्रिया लम्बिएको छ। साहको मनोनयनपत्रमा समर्थकको हस्ताक्षर रहेको नेकपा सांसद रामकुमार यादवले आफ्नो फर्जी हस्ताक्षर गरिएको भन्दै संसद सचिवालयमा बिहानै निवेदन दर्ता गरेका थिए।

सांसद यादवले फर्जी हस्ताक्षर प्रयोग गरिएको दाबी गर्दै निवेदन दर्ता गराएपछि अध्यक्षका लागि मनोनयन दर्ता गराएका साहको उम्मेदवारी रद्द भएको संसद सचिवालयले जनाएको छ।

यसैगरी अध्यक्षका अर्का दावेदार महतोका प्रस्तावक बनेका संघीय समाजवादी फोरमका सांसद पारसप्रसाद साहले अन्तिम समयमा प्रस्ताव फिर्ता लिएका थिए। फोरम सांसद साहले प्रस्ताव फिर्ता लिएकाले महतोको उम्मेदवारीसमेत रद्द भएको संसद सचिवालयले जनाएको छ।

दुवै उम्मेदवारको उम्मेदवारी रद्द भएपछि लेखा समितिका अध्यक्ष चयन गर्नबारे शनिबार बस्ने प्रदेशसभा बैठकले मिति निश्चित गर्ने संसद सचिवालयले जनाएको छ।
फोरम, राजपा र कांग्रेसको साथ पाएर लेखा समितिको अध्यक्षका लागि मनोनयन दर्ता गराएका महतो पक्का देखिएपनि फोरमको ‘यु–टर्न’ पछि समस्यमा परेका छन्। 

नेकपाकै दुईजनाले उम्मेदवारी दर्ता गराएपछि विवाद टुंग्याउन शीर्ष काठमाण्डौंमा शीर्ष नेतृत्वको समेत बैठक बसेको थियो। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठबीच विवाद टुंगो लगाउन छलफल भएको थियो। अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका महतो नेकपाका वरिष्ठ नेता नेपाल निकट मानिन्छन्।

नेकपा नेतृत्वको सरकारमा फोरम सत्तासाझेदारी गरिरहेको छ। तर प्रदेशसभामा लेखा समितिको अध्यक्ष चयन गर्ने विषयमा बाधक बनेपछि शीर्ष नेतृत्वको दबाबपछि महतोका प्रस्तावक बनेका सांसद पारसले अन्तिम समयमा ‘यु–टर्न’ लिएको बताइएको छ।

यता संसदीय दलको निर्णयविपरित गएको भन्दै अध्यक्षका लागि मनोनयन दर्ता गराएका महतोउपर कारबाही गरिने नेकपा सांसद किशोरी साह कमलले बताएका छन्। ‘प्रदेश कमिटी र संसदीय दलले भरत साहलाई अध्यक्षमा प्रस्ताव गरेको छ। यस निर्णयमा शत्रुध्नजीले पनि हस्ताक्षर गर्नु भएको छ,’ सांसद कमलले भने,‘तर उहाँ निर्णय विपरित जानु भएको छ । संसदीय दलमा उहाँमाथि कारबाही हुन्छ।’

लेखा समितिका अध्यक्ष छात्र विवाद देखिएपनि अन्य ६ समितिका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपाका रामचन्द्र मण्डल, प्रदेश मामिला समितिमा फोरमका अशोक यादव, विकास समितिमा फोरमकै शेख अबुल कलाम, कृषि तथा भूमि व्यवस्थापन समितिमा कांग्रेसका बीरेन्द्र सिंह र महिला बालबालिका तथा समाजिक न्याय समितिमे जयनुल राईन निर्विरोध निर्वाचित भएका छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।