काठमाडौं – आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा नयाँ शाखा खोलेको छ। तेस्रो वार्षिकोत्सवको अवसरमा आवरणले दरबारमार्गमा नयाँ शाखा खोलेको हो।
शाखाको पूर्व मिस नेपाल माल्भिका सुब्बाले औपचारिक उद्घाटन गरिन्।
छाला र कपाल सम्बन्धी उपचार तथा अन्य विभिन्न सेवाका लागि नयाँ शाखामा गुणस्तरीय उपकरणको व्यवस्था गरिएको आवरणका संस्थापक अध्यक्ष डा रुपक घिमिरेले जानकारी दिए।
आवरण ०७२ फागुन १ गते बत्तिसपुतलीमा स्थापना भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४