काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगारपालिका सर्लाहीबीच हरिपुर नगरपालिकाको आफ्नो सम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्तीलगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरे। उक्त सम्झौता पश्चात हरपुर नगरपालिकाको सम्पूर्ण बीमालगायत नगरवासीहरुले आफनो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरपालिकाले आफना नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीहरुको दुर्घटना बीमा गराई आफना नगरवासीहरुलाई सदैव ढुक्क भएर आफनो व्यावसाय गर्न प्रेरणा हुनेछ।
सोही अवसरमा नगर प्रमुख जमिरुद्धिन मन्सुरले आफूले आफना नगरबासीहरुको भैतिक सम्पत्ती, व्यक्तिगत दुर्घटनालगायत पशुपन्छी, बालीनालीको बीमा पश्चात नगरवासी दाजुभाई तथा दिदी बहिनीको सम्पत्तीको कुनै क्षति भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससंग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गर्नुका साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरावासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले नगरपालिकाले आफना नगरबासीलगायत नगरभित्रका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे भने आफना नगरवासीहरुको सम्पत्तीको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भूमिका निर्वाह गरी सराहनीय कार्य गरेकोमा नगर प्रमुख लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिंदै कम्पनीले नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्दै आउने दिनहरुमा सबै ग्राहकमहानुभावहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४