शुक्रबार, साउन १५, २०८३

विप्रेषण कारोबारमा एनआइसी एसियाको आकर्षक योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एनआइसी एसिया बैंक लिमिटेडले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकलाई उच्चतम सेवा दिने अभिप्रायले एनआइसी एसिया रेमिटमार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आकर्षक योजनासार्वजनिक गरेको छ । 

बैंकले यो योजना फागुन र चैत महिनाका लागि ल्याएको हो। यस अवधिमा बैंकका ग्राहक तथा कुनै पनि व्यक्तिले एसिया रेमिटमार्फत नेपालभर कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त गर्न सक्नेछ । 

एसिया रेमिटमार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्यून शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक बढी लाभान्वित हुने दाबी बैंकले गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्