शनिबार, साउन १६, २०८३

काठमाडौं-कोलकाता उडानको अन्तिम तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-वुद्ध एयरले काठमाडौं-कोलकाताको दोहोरो उडान भर्ने अन्तिम तयारी गरिरहेको छ। निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनि बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट शुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। 

पश्चिम बंगालका राजधानी कोलकाता उडानका लागि बुध्द एयरले त्यहाँ आफ्नो अधिकारिक कार्यालय खोलिसकेको जानकारी गराएको छ। उक्त दोहोरो उडानको लागि २४ हजार रुपैयाँ मात्रै लाग्ने कम्पनीको भनाइ छ।

बुध्द एयरले नवबर्ष २०७६ शुरुसँगै वैसाख २ बाट कोलकाता उडान भर्नेछ। कोलकाता-काठमाडौंको सिधा हवाई सेवा सञ्चालन गर्ने बुध्द एयर एक मात्र नेपाली विमान सेवा रहेको कम्पनीको दावी छ। कम्पनीका अनुसार शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्नेछ। काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०:३० बजे उडान भर्नेछ। कोलकाता उडान ‘एटीआर ७२’ बाट हुने जनाइएको छ। 

यात्रुको समय र खर्च बचत गर्ने उद्देश्यले कम्पनीले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु सञ्चालन गर्ने जानकारी दिएको छ। कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागर लगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने कम्पनीको भनाइ छ। प्याकेजहरु बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले गर्नेछ।

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भए पनि कोलकाता उडानमार्फत भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुध्द एयरले लिएको बताएको छ। उडान तथा होलिडे प्याकेजमार्फ त्यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने कम्पनीको विश्वास छ। 

बुध्द एयरले देशका विभिन्न भागमा दिनको ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि दुई उडान भरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्