काठमाडौं- मिडिया स्पेस सोलुसन्स प्रालि र फ्यूचरएक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिल संयुक्तरुपमा आयोजना गर्दै आइरहेको नेपाल उुड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ फागुन ३, ४ र ५ गते काठमाण्डौंको भृकृटीमण्डपमा आयोजना गर्ने भएको छ।
उक्त प्रदर्शनीमा संसारका विभिन्न देश का दुई सयभन्दा बढी ख्यातीप्राप्त ब्राण्डका एक सय २० भन्दा बढी स्टल रहने जनाइएको छ। फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन यो प्रदर्शनी चार वर्षदखि कोसेढुङ्गा सावित हुँदै आएको छ।
यस अन्तराष्ट्रिय प्रदर्शनीका आयोजक मिडिया स्पेस सोलुसन्स प्रालि र फ्यूचरएक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालि रहने छ भने टाईटल स्पोन्सरमा नेप्लाइ रहने छ।
यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने हामीले विश्वास राखेका छौँ। यस प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm,आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ।
यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यकोरुपमानेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु हो । साथै यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चरक्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने हो।
यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४