शुक्रबार, साउन १५, २०८३

ग्लोबल आइएमई  र युर्निभर्सल कलेजबीच छुट सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पताल, भैरहवाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवातथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ५ नम्बर प्रदेशका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्धेश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो।

उक्त सम्भौतापत्रमा युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत अजय कुमार पिएस र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाप्रमुख दिलिप डांगील हस्ताक्षर गरेका हुन्। 

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्धेश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता खालका योजनाहरु ल्याईरहेको छ।

उक्त सम्झौतापश्चात युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत सम्म छुट पाउने छन् ।  

ग्लोबलआइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्गसेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्