शुक्रबार, साउन १५, २०८३

पूरा भयो उद्यमशीलता सम्मेलनको तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- फागुन २ गते आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। सम्मेलनको जानकारी गराउदै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए।

उनले स्थानीय स्तरमा उद्यमशीलताको विकासको सोच नआएसम्म उद्योग क्षेत्रमा युवाहरुको आकर्षण बढ्न नसक्ने बताए। ‘उद्यमशीलता सम्मेलनले सोही अवधारणाको विकासमाजोड दिने धारणा सहित गर्न लागिएको हो,’ उनले भने।

उनका अनुसार मुलुकको आर्थिक समृद्धिमा विशेषतः उद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र श्रृजनशीलताको प्रमुख भूमिका रहेको छ। रोजगारी वृद्धिमा समेत सहयोग सम्मेलन महत्वपूर्ण हुने उनको धारणा छ। 

‘फेडेरल नेपालः अपरच्युनीटीज फर इन्भेस्टमेन्ट एण्ड ग्रोथ’ नारा राखिएको सम्मेलनले उद्यमशीलतालाई आर्थिक सम्बाहकको रुपमा पहिचान गर्दै साना, मझौला तथा ठूला उद्योग-व्यवसाय एवं देश भरिका नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तार गर्ने, नयाँ प्रतिभा, प्रविधि, श्रृजनशीलताका साथै उद्यमशीलतालाई प्रवद्र्धन गर्ने अध्यक्ष शर्माले जानकारी दिए। ‘विदेशमा रहेका युवाहरुलाई स्वदेश मै उद्यम तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानूनको पहिचान गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको हो,’ उनले भने ‘सबैमा जानकारी गराउन चाहन्छौं। सम्मेलनबाट नेपालमा उद्यमशीलता विकासमा ठोस टेवा पुग्ने आशा एवम् अपेक्षा गरेका छौं।’

अयोजकका अनुसार सम्मेलनमा सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरुमार्फत सम्बन्धित प्रदेशका औद्योगिक सम्भाव्यता तथा उद्ययमशीलता प्रवद्र्धनका कार्यक्रमहरुको जानकारी समेत गराउने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्