शनिबार, चैत ११, २०७९

डडेलधुराको नवदुर्गामा प्रभु बैंकको शाखा कार्यालय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं – संघीय संरचना बमोजिम विभिन्न स्थानीय तहमा शाखा कार्यालय सञ्चालनमा ल्याउने उद्देश्य अनुरुप प्रभु बैंक लिमिटेडले डडेलधुराको नवदुर्गा गाउँपालिका– ४ मा नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। गाउँ–गाउँमा बैंकिङ्ग पहुँच पुर्‍याउने उद्देश्यका साथ शाखा कार्यालय विस्तार गरिएको बताइएको छ। 

नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले एक समारोहकाबिच शाखा कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा बिष्टले बैंकले गाउँ–गाउँ पुगेर सेवा विस्तार गरेकोमा खुशी ब्यक्त गरे।  शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, ब्यापारी, तथा सर्वसाधारण लाभान्वीत हुने उनको विश्वास छ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थित रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।