काठमाडौं- आज माघ २६ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
प्रदेश २ का उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झा उपर कुटपिट भएको एक महिना पुग्दै छ । २९ पौषमा सचिव झालाई प्रदेश २ का आर्थिक योजनामन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको आरोप लागेको छ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालीकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ। वडा नम्बर–५ मा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका नेम्बाङ ब्लड प्रेसर एक्कासी हाई हुँदा कार्यक्रम स्थलमै लढेका थिए।
प्रहरीले बारा जिल्लाबाट अवैध मदिरासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
म एक मर्द! नीलो र गुलाबी बल्व बलेको उज्यालो कोठा। जहाँ म आफैंलाई बेचिरहेको थिएँ। ‘तपार्इंलाई थाहा छ, तपाईं कहाँ उभिएको हुनुहुन्छ?’ मेरासामु यस्तै सबाल तेर्सिएका थिए। म जबाफ दिइरहेको थिएँ, ‘मलाई थाहा छ। म पैसाको लागि जे पनि गर्छु।’
‘सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रीत दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका झन्डै २५ जना नेता एउटा सम्मेलनमा भाग लिन र ऐक्यबद्धता जनाउन भन्दै ल्याटिन अमेरिकी मुलुक भेनेजुएला जान लागेका थिए।
वाग्मती सरसफाइ ३००औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो।
लगातारको वर्षाले आज राजधानी काठमाडौं उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका छन्।
प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा भेटिएकी रोशनी अधिकारी कालो कोटमा निकै स्मार्ट र कन्फिडेन्ट देखिएकी थिइन्। गोरखा अजिरकोट काफलडाँडाकी उनी बीए एलएल बी दोस्रो सेमेस्टरकी विध्यार्थी हुन्।
यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतमा २९ जना कर्मचारीको दरबन्दी छ। तर कार्यालयमा अहिले आठ जना मात्रै कार्यरत छन्। विगतमा इकाई कार्यालय रहेको उक्त कार्यालयलाई गत पुष ५ गतेदेखि प्रदेश कार्यालयको रुपमा स्तरोन्नति गरिएको छ। निमित्तको भरमा संचालित सेवा कार्यालयले माघदेखि नयाँ लाइसेन्स वितरण, ट्रायलको सम्पूर्ण कामहरु सुरु गर्ने भनिएपनि कर्मचारीको अभाव देखाउदै सेवा सुरु गर्न सकेको छैन।
जाजरकोट- वातावरणीय मूल्याङ्कन नगरी सङ्कलन गरिएको सेतोचिनी ९खिरौलो०को निकासीसमेत अवैद्य तरिकाले भएको पाइएको छ। जिल्लाका विभिन्न स्थानबाट वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सङ्कलित खिरौलो अवैध तरिकाले निकासी हुने क्रम नरोकएकाले वन उपभोक्ता समितिले ठेकेदारका नाममा उजुरी दिएपछि डिभिजन वन कार्यालयबाट सिफारिश दिने काम भने रोकिएको छ।
गत वर्ष आजकै दिन प्रदेश १ को सत्तारुढ दल एमालेमा नयाँ राजनितिक कोर्ष खडा भएको थियो। ९३ सांसद भएको प्रदेश सभामा बहुमत ल्याउने दलको नेता मुख्यमन्त्री हुने संवैधानिक व्यवस्था अनुसार जसले संसदीय दलमा जित्छ उही मुख्यमन्त्री हुने अवस्था थियो।
भारतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज (शनिबार)बाट भारतको भुवनेश्वरमा सुरु हुने हिरो गोल्डकपको पहिलो खेलमा म्यानमारको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुने छ ।
तीन दिनदेखिको वर्षा र हिमपात देशभर जारी छ। बुधबारदेखि बदली भएको मौसममा शनिबार पनि सुधार हुन नसक्दा उच्च भूभागमा हिमपात भएको छ तराईमा वर्षात भएको छ।
थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४