केटीहरुको क्रेज कालो कोटतिर 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/kalo_kot.jpg

काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा भेटिएकी रोशनी अधिकारी कालो कोटमा निकै स्मार्ट र कन्फिडेन्ट देखिएकी थिइन्। गोरखा अजिरकोट काफलडाँडाकी उनी बीए एलएल बी दोस्रो सेमेस्टरकी विध्यार्थी हुन्। 

जन्मेदेखी नै नेत्रविहिन रोशनी भविष्यमा वकिल बन्ने सपना बोकेर कानुन विषय पढिरहेकी छिन्। उनी भन्छिन, कानुन पढ्दै गर्दा कसैले उनलाई सोधेको थियो। आफै आँखा नदेख्नेले कसैलाई कसरी न्याय दिन्छौ ? 

उनको जवाफ थियो, ‘लेडी जस्टिस’, न्यायमुर्तिको आँखामा पट्टि बाँधिएको हुन्छ र हातमा तराजु हुन्छ। त्यस कारण आँखा देख्नेले मात्र न्याय दिलाउन सक्ने भन्ने हुँदैन्। 

सामान्य जीवन बिताउनु भन्दा संघर्ष गरेर फल मिठो हुन्छ। अरुले बनाएको बाटो सबैले हिँड्छन तर आफूले पनि अरुको लागी बाटो बनाउनुपर्छ भन्ने उनको सोच छ।  

उनी भन्छिन, पुरुष झगडाले जित्ने हुन्छन भने महिलाले जित्न तर्कको सहायता लिन्छन्। उनी घरमा आमा बुबाको उदाहरण दिन्छिन। आमा, बुबाको झगडामा पनि प्राय बुबाले नै जित्नुहुन्छ। 

तार्किक क्षमता छ भने मात्र महिलाले जित्छन्। हिजोका दिनमा माहिलाहरु धेरै शोषित थिए जसमा स्वतन्त्रताको आवश्यकता थियो। आफूलाई कुनै पनि क्षेत्रमा पोख्त बनाउन कानुन एक शस्त्रको रुपमा प्रयोग भएको छ। 

समावेशी र महिला सशक्तिकरण पनि कानुनले विकास गरेको पाटो हो। कानुन कसैको अभिभावक हो र आफू पनि कसैको अभिभावक बन्नुपर्छ भन्ने उनको धारणा छ। 

उनी भन्छिन, कानुन विषयमा केही गर्ने चाहना हुनुको मुख्य कारण के हो भने म जस्टिस प्रेमी बन्न चाहन्छु। व्यक्तिगत रुपमा भन्ने हो भने कानुन एक व्यापक क्षेत्र हो। ‘कानुनको कुखुरा भन्दा पनि चिल जस्तो ज्ञान हुन्छ’, उनी भन्छिन्।  

अपाङ्गता क्षेत्रमा पनि कानुन विषयमा पोख्त व्यक्ति पाउन गाह्रो छ। उनी भन्छिन, यस्ता धेरै केसहरु छन जुन आजसम्म पनि सुनुवाई हुन सकेको छैन्। त्यस्ता केसहरुले भविष्यमा अब फेरी थन्केर बस्न नपरोस भन्ने चाहन्छिन्। कानुन विषयमा लागी पर्ने हो भने विश्वमा चिनाउन कुनै पनि गाह्रो छैन्। 

उनी भन्छिन, कानुन भन्दा अगाडी मनोविज्ञान आउँछ। महिलाले समाजमा अगाडी वढ्न सक्दैनन् भन्ने सोच पुरुषमा छ। यो भ्रमबाट टाढा राख्न कै निम्ति कानुनका पोख्त बन्नुपर्छ जस्तो उनलाई लाग्छ। 

गोरखामा जन्मेकी अन्जना पौडेलको भने कानुन प्रति आकर्षण वढ्नुको कारण मार्मीक छ। सानैमा बुबा गुमाएकी उनी आमाको मायाबाट पनि वञ्चित हुन बाध्य भइन्। उनी भन्छिन, बुबाको हत्याको आरोपमा आमालाई पाँच वर्ष जेल सँजाय भएको थियो। जुन अपराध आमाले गरिनन त्यसको सँजाय भोग्नुपर्ने अवस्था सिर्जना भयो। गर्दै नगरेको अपराधलाई साबित गरेर अदालतले उनको आमालाई दोषी बनाई सँजाय दिए। 

चितवनमा घटेको त्यो दिन देखिको घटनाले उनको मन एक दुविधा उत्पन्न गरायो कि अदालतको फैसला पनि गलत हुने रहेछ। निर्दोषले पनि सँजाय पाउने रहेछ। के मेरो बुबाको आत्माले शान्ति र न्याय पाए होलान र। यी प्रश्नको उत्तर आफै कानुन पढेर मात्र पाउने जस्तो आफूलाई लागेको उनी बताउँछिन्। 

उनी भन्छिन, कानुन कसुरबार र गलत भन्ने कहिले पनि हुँदैन, कानुनले प्रमाण र सबुतको आधारमा अपराधीलाई सँजाय दिने हो। तर सबुत र प्रमाण सधैँ सही हुन्छ भन्ने हुँदैन र निर्दोषले भोग्नु पर्ने सजाँय के गर्ने हो। कसैले कानुनलाई दोष दिने भन्ने हुँदैन्। तर पनि हत्याराको खोजी गर्न नसक्नु देशको ठूलो समस्या बनेको छ।

सोही दिनदेखि नै नेपालको कानुनमा अझै वढी चासो लागेको हो, उनी भन्छिन्। बिना अपराध सँजाय भोगाउने सरकारी वकिल र अदालतलाई नजिकबाट जान्ने र बुझ्ने उनको इच्छा छ। 

भरतपुर एस ओ एसको सहयोगमा उनी कानुन विषय पढ्दैछिन्। र भविष्यमा अब फेरी कुनै पनि आमाले समस्या भोग्न नपरोस भन्ने सोच राख्छिन्। 
सरला नेपाल नेपाल ल क्याम्पसमा एल एल बी गर्दैछिन्। पेशाले उनी शिक्षिका हुन्। 

उनी भन्छिन, ‘पढाईको कुनै उमेर हुँदैन्’। कुनै पनि देशको नागरिकले आफ्नो देशको कानुन के कस्तो छ भन्ने विषयमा चासो राख्नुपर्छ। कानुन हरेक नागरिकको बाच्ने आधार हो। जीवनको हरेक पाईलामा कानुनको मह्त्वपुर्ण भूमिका हुन्छ। 

कानुन बिना जीवन जिउँन सकिन्न। कानुनको पालना गर्नु नगर्नु स्व इच्छा हो तर कानुन बिना हरेकको जीवन लापरवाही हुन्छ। महिलाहरुमा कानुन पढ्ने क्रेज धेरै वढेको भन्ने पनि चासोको विषय बनेको छ। उनी भन्छिन, पहिले पुरुषले मात्र बोल्न हुने र महिलालाई लाजको एक पात्रको रुपमा गनिन्थ्यो। पहिले महिलाहरुको आकर्षण नहनु भन्ने होइन्। समाज नै महिलालाई दबाएर र  कम बोल्नुपर्छ भन्ने धारणा थियो। पहिलेको तुलनामा महिलाको आकर्षण यो पेशामा वढ्नुको स्वभाविक हो। 

अधिवक्ता पवित्रा राउतका अनुसार कानुनमा महिलाको आकर्षण वढ्नुको मुख्य कारण कोटा सिस्टम हो। महिलालाई सरकारले दिएको विशेष प्राथमिकता हो। 
कानुन विषय पढेपछि केही फरक ढङ्गमा अध्ययन गर्न सकिन्छ भन्ने सोच छ। र न्याय तथा सरकारी सेवामा नाम निकाल्न सजिलो हुने, सरकारी जागिरमा स्थान पाउन पनि सजिलो हुने उनी बताउँछिन्। 

उनका अनुसार सरकारले दिएको अवसरको लागू पनि गरेको देखिन्छ। हरेक संस्था वा बैंकमा कानुन पढेको व्यक्तिलाई छुट्टै प्राथमिकता दिने गरेको छ। विभिन्न संस्थामा महिलालाई धेरै प्राथमिकता दिइएको छ। तर जुनै पनि क्षेत्रमा पुरुषको तुलनामा महिला कमै छन्। 


उनी भन्छिन, सबैमा महिलाले कानुन व्यवसाय ओगट्न सफल भएको भन्ने छ तर नेपाल अधिराज्यको महिलाले पढ्न पाएको छैन्। महङ्गो शुल्क र सबै ठाउँमा उचित रुपमा कानुनको पँहुच नपुगेको कारण पनि सबैले इच्छा र चाहना अनुसार कानुन व्यवसाय पढ्न पाएको छैन्।

उनी भन्छिन, विशेषगरी महिलाले देवानी मुद्धा सम्हाल्ने गर्छन्। अंश, सम्बन्ध विच्छेदका मुद्धाहरु देवानी मुद्धाभित्र पर्छ। फौजदारी मुद्धा र वाणिज्य सम्बन्धि मुद्धाहरु धेरै कम हेर्ने गर्छन्। 

पुरुषको तुलनामा महिलालाई नँया व्यक्तिसँग बोल्न वा सम्बन्ध बिस्तार गर्न धेरै गाह्रो पर्छ। समाजका गन्यमान्य व्यक्तिसँग घुलमिल हुन नसक्नुको कारण पनि महिलालाई आफ्नै ग्राहकले विश्वास गर्दैनन्। 

तर आजका दिनमा महिला अधिवक्ताले पनि वाणिज्य मुद्धा सम्हालेको पाइन्छ।  महिलाहरुमा कम विश्वास र मान्छे नगन्ने व्यवहार हरेक महिला वकिलले भोग्नुपरेको ठूलो समस्या हो। 

नेपालमा भविष्यलाई आधार बनाएर पनि कानुन पढ्नमा जोड दिने गरेको छ। कानुन जानेको व्यक्ति हरेक संस्था वा क्षेत्रमा मिल्न सक्छ। पुरुषको तुलनामा महिलाा हक र अधिकारको विषयमा पछाडी छन्। आफ्नो विचार खोल्न उनीहरु हिचकिच मान्छन्। 

कञ्चनपुरकी दुर्गानाथ नेसनल ल क्याम्पसको तेस्रो वर्षकी विधार्थी हुन्। उनी भन्छिन, कानुनले सामाजिक प्राणी बन्न सिकाउँछ। समाज परिवर्तन हुँदैछ। समाजलाई बुझ्न कानुन बुझ्नुपर्छ। आजको समयको माग अनुसार छोरीलाई पढाउनुपर्छ भन्ने धारणा सबैमा विकास भइसकेको छ। 

उनी भन्छिन, कानुन विषयको धेरै अवसर छ। यो बोलेर खानसक्ने पेशा हो। न्याय सेवामा आफ्नो राम्रो भविष्य देखेको उनी बताउँछिन्। समाजमा जो महिला अरुसामु खुलेर बोल्न सक्छन, उनमा वकिल बन्ने खुबी छ भन्ने विश्वास छ। तर बीना तर्कको बोली भने काम लाग्दैन्। जसले निडर भई आफ्नो तर्क प्रस्तुत गर्न सक्छन ती महिलाको लागि कानुन क्षेत्र एकदमै राम्रो हुन्छ। 

मानिसले हरेक पाइलामा कानुनको पालना गर्नुपर्छ। तर पालना गरेको भने देखिन्न। जस्तै बाटो काट्न जेब्राक्रसको सहायता लिनुपर्छ र सरकारले आकासे पुलको व्यवस्था गरेको छ तर यसको सदुपयोग भने हुन सकेको छैन्, उनी भन्छिन्। 

उनी भन्छिन, कागले कान समात्यो भन्दैमा उसको पछि भाग्ने भने जस्तै उसले कानुन पढ्यो र मैले पनि पढ्नुपर्छ भन्ने सोचको कारण कानुन संकायमा मेला लागेको हो।

हरेक देशको नागरिकले कानुन जानेको हुनुपर्छ र कानुन विषयमा महिलाको आकर्षण वढेको विषयलाई सकारात्मक रुपले लिनुपर्छ, उनी भन्छिन्। नेपालीमा चलिआएको पुरानो चलन पनि छ, छोरालाई पढ्न विदेश पठाउने तर छोरीलाई कम बोल्ने भएकै कारण समाजमा बोल्ड बनाउने सोचले कानुन विषय पढाउनुपर्छ। 

आस्था शर्मा पौडेलको भने कानुन विषयतिर आकर्षित हुनुको रमाईलो प्रसङ्ग रहेको बताउँछिन्। सानैदेखि हजुरआमा र मामाले राजा सरहको पदमा मात्र बस्न पाओस भान्जी भन्ने आर्शीवादको कारण उनी आज कानुन विषयसँग नजीक भएकी हुन्।

नेपालमा राजा शासन हटिसकेको छ। आजको दिनमा राजा भनेको न्यायधिश भन्ने सोचले उनी कानुन विषयमा आकर्षित भएकी हुन्।  नेपाल बार एसोसिएसनका उपाध्यक्ष मोतीराज गौतमका अनुसार कानुन संकायमा महिलाको आकर्षण वढ्नुमा धेरै कारण छ। अन्य क्षेत्रमा भन्दा कानुन विषयमा समाजमा धेरै खुल्नुको साथै महिलाहरुमा आत्मविश्वास पनि वढेको देखिन्छ। 

वर्तमान अवस्थामा कानुनमा अध्यक्ष, न्याय सेवा, सरकारी वकिल र फ्रिलेन्सरको रुपमा काम गर्न पाइन्छ। उनी भन्छन, जुनसुकै क्षेत्रमा पनि सहज तरिकाले लाग्न सकिने भएको कारण पनि कानुन क्षेत्रमा महिलाको आकर्षण वढेको हो।

कानुन सबैले जान्नुपर्ने विषय हो। कसैले मैले कानुन जानेको छैन भनेर कानुन तोड्न पाईदैन्। कानुन पढेको वा जानेकोले मात्र कानुनको पालना गर्नुपर्छ भन्ने होइन्। कानुनको ज्ञानको कमीले समाजमा दिइने व्यङ्यबाट बच्नको लागी पनि कानुन जान्नुपर्छ भन्ने धारणाको विकास भएको छ। 

पुरुषप्रधान समाजमा कानुन जानेपछि घरभित्र, बाहिर र समाजमा आफ्नो स्तर उच्च राख्न, आफ्नो तर्क राख्न महिलाहरुलाई आफै सचेत हुन पनि कानुन जान्नुपर्छ भन्ने सोचको विकास भइसकेको छ। 

राज्यको हरेक निकाय, प्रतिनिधी सभा र अन्य संस्थामा पनि स्थान बनाउन सजिलो हुने पनि एक कारण हो। कानुन जानेको वा बुझेको व्यक्तिलाई हरेक क्षेत्रमा फरक किसिमले मुल्याङ्न गरिन्छ। 

मानव अधिकार, राष्ट्रिय र अन्तराष्ट्रिय हिसाबले पनि सबै संस्थासँग नजीकको सम्बन्ध बनाउन सजिलो हुने। उनी भन्छन, महिलाहरुलाई स्थापित कानुन व्यवसायी बनाउनुपर्छ। हाल नेपाल बार एसोसिएसनले महिलाहरुको लागी विशेष तालिम र सिप प्रदान गर्ने व्यवस्था गरेको छ। 

तर मनोविज्ञानले भने कानुन महिलाको लागी होइन भन्ने विषयमा जोड दिन्छ। मनोविद गोपाल ढकालका अनुसार महिलालाई एयर होस्टेस, मोडलिङ, मन्टेश्वरी, नर्स जस्ता पेशा छुट्टाइएको छ। स्वभाव अनुसारको पेशा हुन्छ।

धेरै थोरै महिला मात्र पुरुषसँग वा पुरुष जस्तै तर्क दिन सक्छन्। विशेषगरी महिला भावनामा बग्ने हुन्छन। र पुरुषको तुलनामा अरुको भावना छिटो बुझ्ने शक्ति महिलामा हुन्छ। 

पछिल्लो समयमा कानुन संकायमा महिलाको संख्या वढे पनि महिला अधिवक्ताहरु धेरै कम छन्। न्याय परिषदका अभिलेखबाट २०७५ मार्ग १५ सम्मको तथ्याङ्कबाट गरिएको विश्लेषण अनुसार नेपालमा महिला सर्वौच्च न्यायाधीश दुई, उच्च न्यायाधीश दश, जिल्ला न्यायाधीश चार गरी जम्मा सोह्र जना रहेका छन्। यस्तो न्यून पँहुचकाबीच पनि एकपटक देशले महिला प्रधानन्याधीश पाएको थियो।



प्रतिक्रिया