शनिबार, असोज ६, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • कुलमान कार्यकालमा अबको नारा : ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ'

कुलमान कार्यकालमा अबको नारा : ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ'

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले अबका दिनमा ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ अघि बढिने बताएकी छिन्।
 |  मंगलबार, भदौ १, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले अबका दिनमा ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ अघि बढिने बताएकी छिन्। नेपाल विद्युत प्राधिकरणको ३६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन्। 

sagarmatha cement

‘मैले सार्वजनिक गरेको मन्त्रालयको प्राथमिकतामा ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुलोको प्रयोग बढाउँदै लैजाने योजनालाई सहयोग गर्न धेरै विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महसुलमा सुविधा दिने निर्णय समेत गरिसकेको छ,’ मन्त्री भुसालले भनिन्, ‘यसबाट ग्यास खरिबापत बिदेसिने पुँजी नेपालमै बस्छ र ग्राहकले सस्तोमा विद्युतको उपयोग गर्न पाउँछन्।’

महसुलमा सुविधा दिँदा विद्युत खपत बढ्ने र बिजुली खेर जान सक्ने चुनौती सामना गर्न सकिने उनको भनाइ छ। यसका साथै प्राधिकरणको आम्दानी बढ्ने आपेक्षा गरिएको भुसालले बताइन्। भुसालले विद्युतका क्षेत्रमा कल्पना गरिएका योजना पूरा गर्नका लागि कुलमान घिसिङलाई नियुक्त गरिएको दाबी गरिन्। 

त्यस्तै उनले २० युनिटसम्म विद्युत खपत गर्ने गरिबलाई छुट दिने निर्णयसमेत गरिएको बताइन्। विद्युत सेवा जनताको आधारभूत सेवा भएकाले आफूले मन्त्रालयको नेतृत्व सम्हाल्ने बित्तिकै २० युनिटसम्म विद्युत निशुल्क दिने निर्णय गरिएको मन्त्री भुसालले बताइन्। 

‘विद्युत सेवा जनताको आधारभूत आवश्यकता नै हो। मैले मन्त्रालयको नेतृत्व सम्हाल्ने वित्तिकै गरिब तथा आधारभुत तहका जनतालाई मासिक २० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय गरेँ,’ उनले भनिन्।

त्यस्तै नहर तथा कुलोबाट सिँचाई हुन नसक्ने खेतीयोग्य जमिनमा सिचाईं फिडर जडान गर्दै विद्युतीयकरण गर्ने र सिँचाईमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने आफ्नो प्राथमिकता रहेको उनले बताइन्।

सरकारी योजना अनुसार वि.सं २०८० भित्रै पूर्ण विद्युतीकरणका लागि विशेष योजनासहित अघि बढ्न प्राधिरणलाई उनले  निर्देशन दिइन्। 

प्रकाशित: Aug 17, 2021| 16:06 मंगलबार, भदौ १, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दसैं लक्षित अग्रिम टिकट बुकिङ खुलाउन छलफल 

दसैं लक्षित अग्रिम टिकट बुकिङ खुलाउन छलफल 

काठमाडौंमा व्यापार, व्यवसाय, रोजगारी र अध्ययनका लागि बस्ने उपत्यकाबाहिरका नागरिक दसैंमा टीका लगाउन आ–आफ्ना मूलघर जाने गरेका छन्।
नक्कली कागजपत्र बनाएर जापान पुर्‍याइए १०० बढी प्रशिक्षार्थी कामदार

नक्कली कागजपत्र बनाएर जापान पुर्‍याइए १०० बढी प्रशिक्षार्थी कामदार

जानका अध्यक्ष डा रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी संस्थाको नक्कली कागजात बनाएर प्रशिक्षार्थी कामदारलाई जापान लगिएको घटना सार्वजनिक भएको हो।
दैनिक सुन आयात कोटा दोब्बर

दैनिक सुन आयात कोटा दोब्बर

राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको हो।