शुक्रबार, साउन १५, २०८३

ईपिजीको प्रतिवेदन कार्यान्वय हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल-भारत प्रबुद्ध समूह(ईपिजी)ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन्। 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले अयोजना गरेको कार्यक्रममा बोल्दै उनले ईपिजीको प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि भएको बताए। ‘प्रतिवेदन तयार हुनु ठूलो उपलब्धि हो,’ उनले भने ‘१९५० को सन्धि लगायत सम्पूर्ण सन्धि, सम्झौताहरुको पूनरावलोकन गरेर के–के कुरामा कस्तो सुधार गर्नुपर्छ भनेर त्यसलाई हेर्न सहमति हुनु उपलब्धि हो।’

उनका अनुसार सो राजनीतिक स्तरमा भएको सहमति हो। भारतमा मोदीभन्दा पहिले मनमोहन सिंह प्रधानमन्त्रीको कालदेखि र यहाँ पनि प्रधानमन्त्री मनमोहन अधिकारीको पालादेखि नै इपिजी सम्बन्धमा कुरा अघि बढेको हो। ‘नेपाल–भारत सम्बन्ध पुनरावलोकन गरेर राम्रो बनाउनुपर्छ भन्ने सबैको सहमतिका साथ ईपिजी गठन भएको हो,’ उनले भने। राजदूत आचार्यले प्रतिवेदन बुझाउने समयाबधि टरिसक्यो भन्नु भन्दापनि केही समय धैर्यता गर्नुपर्ने सुझाए। 

भारतसँगको नेपालको व्यापार घाटा घट्नको निम्ति भारतबाट नेपालमा संयुक्त आयोजनाहरुमा लगानी गरेर उत्पादन बढाउनुपर्ने उनको धारणा छ। उत्पादन बढाएर वस्तु निर्यात गर्नु पर्ने समेत उनले जोड दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्