शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नक्कली प्रमाणपत्रले जागिर खाएका प्रहरी अख्तियारको फन्दामा

नक्कली प्रमाणपत्रले जागिर खाएका प्रहरी अख्तियारको फन्दामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नक्कली प्रमाणपत्रबाट सशस्त्र प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दले नियुक्ती लिएको भन्दै अख्तियार दुरुपयोग मुद्दा दायर गरेको छ। नयाँ भर्ना भएको उनिमाथि नक्कली प्रमाणपत्र पेश गरी कार्यरत रहेकाले छानबिन गरी पाउ भन्ने ब्यहोराको उजुरीको आधारमा अयोगले छानविन अघि बढाएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

अयोगका अनुसार उनले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी नियुक्ती लिइ लाभ तथा सुविधा समेत लिएको पुष्टि भएको छ। 

उनलाई प्रचलित कानून बमोजिम सजाय गर्न मागदाबी लिइ बिहीबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको आयोगले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्