शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बहुराष्ट्रिय कम्पनीको ब्राण्ड चोरीको आरोपमा व्यापारी पक्राउ

बहुराष्ट्रिय कम्पनीको ब्राण्ड चोरीको आरोपमा व्यापारी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज- बहुराष्ट्रिय  कम्पनीको ब्राण्ड चिन्ह चोरी गरेको आरोपमा प्रहरीले स्थानीय व्यापारी निरंजन अग्रवाललाई पक्राउ गरेको छ।

आदर्शनगरमा चकलेट र स्वीट सुपारी उद्योग संचालन गर्दै आएका व्यापारी अग्रवालले सेन्टरफ्रेस ब्राण्डको चुइङ्गमको खोलको डिजाइन हुबहु नक्कल गरेर प्रयोग गरेको आरोपमा प्रहरीले बिहीबार उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए।

बहुर्राष्ट्रिय कम्पनी परफेटीको भारतीय फ्रेन्चाइज कम्पनीको  प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा अनुसन्धानको लागी नियन्त्रणमा लिइएको उनको भनाई छ।

प्रहरीले अग्रवालको गोदाममा छापामारी गरेर उनको उद्योगमा उत्पादन गरिएको चार कार्टुन सेन्ट्रोफ्रेस चुईङगम समेत बरामद गरेको छ।

 यसअघि समेत स्थानीय प्रशासनले झूठो विवरण पेश गरेर नेपाली नागरिकता प्राप्त गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्