काठमाडौं- जनता आवस कार्यक्रमले आधारभूत विषयमा ध्यान दिन सुझाब दिएका छन्। बिहीबार अर्थ मन्त्रालयमा जनता आवास कार्यक्रम कार्यान्वयन नमूना कार्यविधि-२०७५ माथि प्राप्त सुझाव हस्तान्तरण कार्यक्रममा सरोकार पक्षले कार्यक्रमले आधारभूत विषयमा ध्यान दिनु पर्ने तथा वास्तविक आवासविहिनलाई सम्बोधन गर्नुपर्ने सुझाब दिएको हो।
सुझाव हस्तान्तरण कार्यक्रमका प्रतिनिनिधिमण्डलको नेतृत्व गर्दै पूर्वमन्त्री तथा सभासद् जीतु गौतमले आवासविहिन दलित परिवारलाई आवासको व्यवस्था गर्दा रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत विषयमा ध्यान दिनुपर्ने जोड दिए।
कार्यदलले दलित, मुस्लिम, अति सिमान्तकृत परिवारको जनसंख्या तथा उनीहरुको आवश्यकता र प्राथमिकता एकिन गर्न विस्तृत अध्ययन अनुसन्धान गरी वास्तविक आवासविहिनलाई सम्बोधन गर्नुपर्ने सुझाव दिए।
जनता अवास कार्यक्रम समयमै सम्पन्न गर्न सम्बन्धित तथा सरोकार निकायलाई अर्थमन्त्री युवराज खतिवडाले आग्रह गरे। चालु आर्थिक वर्षको बजेटमा समावेश भएका जनता आवास कार्यक्रमलाई समयमै सम्पन्न गर्न उनको जोड छ।
‘सरकारले सो कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,’ उनले भने ‘जनता आवास कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारसँग समन्वय गर्ने र सुरक्षित आवास योजना अघि बढाउन गम्भिर भएर लागेका छौं।’ वास्तविक आवासविहिनको साथमा सरकारको साथ रहँदै आएको भन्दै उनले निरन्तर सहयोग हुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४