शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनटिसीले ल्यायो निशुल्क डाटादेखि भ्वाइस प्याकेजमा बोनससम्मका योजना

एनटिसीले ल्यायो निशुल्क डाटादेखि भ्वाइस प्याकेजमा बोनससम्मका योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल टेलिकमले(एनटिसी)ले निशुल्क डाटादेखि भ्वाइस प्याकेजमा ५० प्रतिशतसम्म बोनस प्याकेज उपलब्ध गराएको बताएको छ। कम्पनीले १५ औं वार्षिकोत्सवको अवसर पारेर आफ्नो विभिन्न सेवाहरुमा सेवाग्राहीहरुलाई विभिन्न योजनाहरु सार्वजनिक गरेको हो। 

योजनाअनुसार माघ २२ देखि फागुन २२ सम्म एनटिसी मोबाइल एप्स डाउनलोड तथा रजिस्ट्रेशन गर्दा निशुल्क सय एमबी डाटा उपलब्ध गराउने भएको छ। जीएसएम पोस्टपेड ग्राहकहरुलाई नौ सयको प्याकेजमा प्रतिमहिना दुई जीबी डाटा र पाँच सयको फ्री रिसोर्स उपलब्ध गर्दै आएकोमा प्रतिमहिना अल टाइम डाटा ३.३ जिबी र पाँच सयको फ्री रिसोर्स उपलब्ध गराइने टेलिकमका प्रबन्धक निर्देशक डिल्लीराम अधिकारीले कार्यक्रममा बताए।

त्यस्तै उनले कार्यक्रमको अबसरमा नेत्रहिन संघको सिफारिसमा नेत्रहिन व्यक्तिहरुबाट प्रयोग भइरहेका जिएसएम तथा सीडीएमए मोबाइलहरुमा ५०, दुई सय, तीन सयको अल टाइम डाटा प्याकेज खरिदमा शतप्रतिशत बोनस दिने जानकारी दिए। साथै दुई सयको अल टाइम भ्वाइस प्याकेज खरिदमा ५० प्रतिशत बोनस उपलब्ध उपलब्ध गराइनेछ। उक्त योजना ९० दिनसम्म लागू हुने उनको भनाइ छ।

विगतदेखि कम्पनीको नेटवर्कमा बिदेशी अपरेटरहरुका ग्राहक तथा कम्पनीका पोस्टपेड ग्राहकलाई बिदेशी अपरेटरहरुको नेटवर्कमा रोमिंग सेवा प्रदान गरिरहेकोमा मंगलबारदेखि कम्पनीको प्रिपेड मोबाइल सेवामा पनि अन्तर्राष्ट्रिय रोमिङ सेवाको सफ्ट लन्च गरिएको छ। सो लन्च सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरेका थिए। 

उनले कार्यक्रममा टेलिकम जहिले पनि अग्रस्थानमा रहेको बताउदै आगामी दिनमा पनि अग्रस्थानमै रहने दावी गरे। कम्पनीले व्यवस्थित बजार नीतिका आधारमा आगमी दिनमा प्रतिस्पर्धा, नाफा, सेवा र सुरक्षामा केन्द्रीत हुदै देशभर नेटवर्क विस्तार गरी सम्पूर्णलाई सहज सुविधासहितको सेवा उपलब्ध गराउन भूमिका खेल्नु पर्नेमा जोड दिए।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले कम्पनीको पछिल्लो अवस्था, प्रमुख चुनौती तथा अबलम्बन गरिने रणनीति, व्यवसायीक उपलब्धी, सेवा विस्तार भावी योजना सम्बन्धमा प्रकाश पारेका थिए। ‘दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा आउने प्राविधिक विकास, परिवर्तन हुने परिदृष्यमा व्यवसायीक अभ्यासहरुलाई आधुनिक र प्रविधिमय बनाइनेछ,’ उनले भने ‘नविन प्रविधिलाई ध्यानमा राखेर समय सापेक्ष बदिलिदो सेवाग्राहीको दूरसञ्चार मूल्यमा सुपथ र सुलभ रुपमा देशव्यापी सेवा विस्तार गर्न कम्पनी समर्पित हुने प्रतिवद्धता गर्दछ।’

कार्यक्रममा कम्पनीको सेवा बारेमा २०७४ सालभरी उत्कृष्ट समाचार प्रकाशन गरेवापत सञ्चारकर्मीलाई ‘नेपाल टेलिकम पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो। साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण गरिएको थियाे। कम्पनीको रिचार्ज सेवा तथा रिचार्ज कार्डको बिक्री लक्ष्य हासिल गर्ने थोक विक्रेता एवं कम्पनीका विभिन्न सेवाहरु प्रयोग गरी सर्वाधिक बिल भुक्तानी गर्ने संस्थागत तथा ब्यक्तिगत ग्राहकहरुलाई समेत कदर स्वरुप सम्मान गरिएको थियो।
 
यस्ता छन् एनटिसीले वार्षिकोत्सवमा ल्याएका नयाँ योजनाः-

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्