शुक्रबार, साउन १५, २०८३

८ अंकले नेप्से घट्दा क-कसले गुमाए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेप्से बजार घटेको छ। ८.८५ अंकले नेप्से घटेर एक हजार १४४.२७ बिन्दुमा पुगेको छ।  नेप्से बजारमा आएका अधिकांश समूहको शेयर परिसूचक घट्दा समग्र शेयर बजार घटेको हो।

‘क’ बर्ग कम्पनी मापन गर्ने सेन्सेटीभ इन्डेक्स समेत १.८१ अंक घटेर २४३.२८ बिन्दुमा पुगेको छ।

सोमबार १६२ कम्पनीको पाँच हजार ७९७ कारोबारबाट १२ लाख नौं हजार ८६८ शेयर कारोबार हुदा ३६ करोड ४३ लाख ६४ हजार ८४९ रुपैयाँको कारोबार भएको छ।

त्यस्तै शेयर बजारमा आएका ११ समूह मध्ये दश समूहको परिसूचक घटेको छ। जसमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूको परिसूचक ६४.९८ अंक घटेको छ।

बैंकिङ समूहको परिसूचक ६.१९, व्यापार समूहको परिसूचक ४.८२, विकास बैंक समूहको परिसूचक ९.७५, हाइड्रो पावर समूहको १९.५२, फाइनान्स समूहको ०.४२, ननलाइफ इन्सयोरेन्स समूहको परिसूचक २०.२४ अंक घटेको छ।उत्पादनमुलक समूहको परिसूचक १५.३७, अन्य समूहको ८.०३, माइक्रोफाइनान्स समूहको परिसूचक १३.९१ अंक घटेको छ।

होटेल समूहको परिसूचक भने ०.३५ अंक बढेको छ।

यसैबीच सेन्ट्रल फाइनान्स कम्पनी, वरुण हाइड्रो पावर, आरएसडीसी लघुविक्त वित्तीय संस्था, हिमालयन डिस्टीलरी लिमिटेड, छ्याङ्दी हाइड्रो पावर लगायतको लगानीकर्ताले कमाएका छन् भने आंखुखोला जलविद्युत कम्पनी, खानीखोला हाइड्रोपावर, कालिका लघु वित्त वित्तीय संस्थानले गुमाएको छ।

 लक्ष्मि लघु वित्त वित्तीय संस्था,  सीटी एक्स्प्रेस फाइनान्स, विशाल बजार कम्पनी लिमिटेड, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लगायतले गुमाएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्