शुक्रबार, साउन १५, २०८३

नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ। गत आवको सोही अवधिमा बैंकले एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो। गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो। 

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ। बैंकले खुद ब्याज आम्दानी रु तीन अर्ब १६ करोड ७२ लाख ४९ लाख गरेको छ। गत आवको छ महीनामा बैंकले दुई अर्ब ९४ करोड तीन लाख २९ हजार ब्याज आम्दानी गरेको थियो। 

नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ६५ करोड १४ हजार रहेको छ। बैंकले रु एक खर्ब पाँच अर्ब ६७ करोड ८२ लाख ८६ हजार निक्षेप सङ्कलन गरी ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार ऋण लगानी गरेको विवरणमा उल्लेख छ। गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ३.२३ प्रतिशतबाट घटेर २।७४ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर आम्दानी ३३ रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्