काठमाठौं– पेट्रोलियम पदार्थको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाली बजारमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमका अनुसार राजधानीमा प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँको दरले बढेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलको मूल्य ११०, डिजेल र मट्टीतेलको मूल्य ९७/९७ रुपैयाँ कायम गरिएको बताए। उक्त मूल्य शनिबार राति १२ बजेदेखि लागु हुने छ। यसअघि पेट्रोल प्रतिलिटर १०८, डिजेल ९५ र मट्टीतेल ९५ रुपैयाँ रहेको थियो।
खाना पकाउने एलपी ग्याँस, हवाई अन्तरिक र बाह्रय दुवै इन्धन यथावत रहेको उनले जानकारी दिए। मूल्य समायोजनपश्चात निगमलाई पाक्षिक (१५ दिन) एक अर्ब १६ करोड रुपैयाँ नाफा हुने जनाइएकाे छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४