काठमाडौं- प्रदेश नं. २ स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडकाबीच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी बिहीबार सम्झौता सम्पन्न भएको छ।
२ नं. प्रदेशस्तरीय मुख्यमन्त्रीतथामन्त्री परिषदको कार्यालयको तर्फबाट सचिवश्री हरिप्रसादफुयाल र प्रभु बैंककातर्पmबाट सहायक महाप्रबन्धक अशोक खडगीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं. २ का मुख्यमन्त्रीलालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो।
सम्झौताअनुसार पहिलो चरणमा प्रदेश नं. २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा सञ्चालन गरेको छ। यो अभियानअन्तर्गत २०७५ माघ १ गते प्रदेश २ का ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा प्रभु बैंक लिमिटेडले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलि दिनेछ।
मन्त्रालयले प्रदान गर्ने १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामा खोलिएको मुद्दती खाता २० वर्षपछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ एक लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ।
खाता खोलिएको छोरीको मृत्यू भएमा वा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याजप्राप्तगर्न सकिने व्यवस्था समेत रहेको छ।
प्रदेश नं. २ स्थित मन्त्रीपरिषदको कार्यालयले सञ्चालनमाल्याएको लेकप्रियकार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउअभियानमा बैंकिङ्गसहकार्य गर्दै प्रभु बैंक लि. लेआफुलाई व्यवसायिकमात्रनभएर सामाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ।
निरन्तर व्यवसायिक सफलताहासिलगरिरहेको प्रभु बैंकले यस अभियानलाई आफ्नो सामाजिकउत्तरदायित्ववहनगर्ने अवसरको रुपमालिएको छ। साथै, प्रदेश नं. २ को यस लोकप्रियकार्यक्रम र प्रभु बैंक लि. सामाजिक सेवाभाव सहितको बैंकिङ्ग सेवाउपभोग गरी प्रदेश नं. २ को समग्र विकासमा टेवापुग्ने बैंकले विश्वास लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४