काठमाडौं- काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेलाई घुससहित बिहीबार नियन्त्रणमा लिइएको छ। चालिसे सवारी ज्यान मुद्दा सहज गराइ दिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा वन परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएको चालिसेमाथि अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४