बिहीबार, साउन १४, २०८३

चीनमा कृषि पढ्न जानेको कोटा बढाउन माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन्। नेपालका लागि चीनियाँ राजदुत होउ यानकीले बिहीबार मन्त्रालयमा गरेको भेटमा मन्त्री खनालले अहिले निक्कै थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेको भन्दै त्यो संख्या बढाउन आग्रह गरेका हुन्। 

आधिकारिक रुपमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्या बढाउन सके अन्य मुलुकमा रोजगारी गर्न जानेको संख्या घट्ने र त्यसले कृषिलाई नै सहयोग पुर्याउने मन्त्री खनाको विश्वास छ। नेपालका हिमाली र पहाडी जिल्लामा प्रयोग हुने कृषि औजारहरु चीनमै बनेका हुने भएकाले त्यसको अध्ययनका लागि पनि पढाई र तालिम फलदायी हुने उनको बुझाइ छ।

त्यस्तै उनले नेपालको कृषि क्षेत्रका लागि आधुनिक तामिलको व्यवस्था गर्न पनि उनले अग्रह गरेका छन्। चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने गरी यसअघि नै (पुष ४ गते) सहमति भइसकेको छ। उक्त परियोजनाका लागि नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीन लगेर र अन्य २४० जना किसानलाई नेपालमै तालिम दिइने सहमति भएको थियो। 

जवाफमा राजदुत होउले थप छलफल गरेर छिट्टै नेपालले प्रस्ताव गरेअनुसार सहमति गर्न चीन तयार रहेको बताइन् । उनले नेपाल र चीनबीच पुरानो मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप उचाइमा पुर्याउने प्रतिवद्धता जनाइन्। 

चीनले कृषि र प्रविधिमा फड्को मारेको सुनाउँदै राजदुत होउले एक असल छिमेकीको नाताले त्यो शिप नेपालका लागि पनि फलदायी हुने बताइन। नयाँ राजदुतको रुपमा नियुक्त भएर आएपछि मन्त्री खनाल र राजदुतबीच पहिलो पटक भेटवार्ता भएको हो। भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा सहयोग आदान-प्रदान गर्न कृषि मन्त्रालय, परराष्ट्र मन्त्रालय र चीनियाँ दुतावासबीच समन्वयकारी भूमिका निर्वाह गर्न एक कार्यदल बनाउन पनि प्रस्ताव गरेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्