काठमाडौं- ज्योति विकास बैंक लिमिटेडले सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ।
हरिवन नगरपालिका-११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्धारा एक कार्यक्रमकाबीच बुधबार गतेका दिन संयुक्त रुपमा उद्घाटन गरिएको हो।
त्यसैगरी रुपनी गाउँपालिका-१, रुपनी बजारमा रहेको नयाँ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका-३ मा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जनज्यू तथा बैंकका सञ्चालक ध्रुव कोइरालाद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको हो।
आजै दिन निजगढ नगरपालिक-९, सहिदचोकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा बैंकका संचालक नारायण प्रसाद पौड्याल द्धारा उद्घाटन गरिएको हो।
त्रियुगा नगरपालिका-११, गाईघाट उदयपुर मा रहेको शाखाको पनि औपचारिक उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४