बिहीबार, साउन १४, २०८३

मेलम्ची खानेपानी वार्ता थाइल्यान्डमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मेलम्ची खानेपानी परियोजना अघि बढाउन इटालियन ठेकेदार कम्पनी सिएमसीसँग थाइल्यान्डमा वार्ता हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी अयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग थाइल्यान्डमा वार्ता हुने जानकारी दिएका हुन्। वार्ता केही दिनभित्रै हुने प्रधानमन्त्रीको भनाइ छ।

काठमाडौंमा अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण घोषणा कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सिएमसी आएन भने सरकार आफैंले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नेछ।’

उनले अब नेपाल गरिब नरहने बताए। उनले केही दिनअघि मात्रै कोटेश्वर–कलंकीको सडक खण्ड हस्तान्तरण भएको भन्दै अब कलंकी र महाराजगन्जको बाटो बनाउँदा पनि स्थानीयवासीले केही समस्या भोग्नु पर्ने बताए। ‘उक्त सडक खण्ड बन्दा सरकारलाई अलिकति गाली गर्छन्,’ उनले भने, ‘जसरी पहिले पनि गाली गरेका थिए। फेरि पछि खुसी व्यक्त गर्छन्।’

मुलुकमा धुर्मुस सुन्तलीजस्तै अरु पनि समाजसेवा क्षेत्रमा आउनुपर्ने प्रधानमन्त्रीले बताए। उनले भने, ‘अब धुर्मुस सुन्तलीमात्र भएर हुँदैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्