आइतबार, वैशाख २८, २०८२

कैलालीमा अझै रोकिएन अवैध ढुंगा बालुवाको उत्खनन्

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
धनगढी- खोला नालाबाट अवैध ढुंगा बालुवाको उत्खनन् रोक्न जिल्ला समन्वय समिति कैलालीले दुई पटक सूचना जारी गरिसके पनि स्थानीय तहहरुले भने उक्त कार्य जारी नै राखेका छन्।  

नदीजन्य पदार्थको दोहोन अत्यधिक बढेको भन्दै स्थानीय तहलाई अर्को सूचना प्राप्त नभए सम्मका लागि ढुंगा, गिट्टी, बालुवा उत्खनन् नगर्न जिससले आदेश दिए पनि स्थानीय तहहरुले भने उक्त आदेशको कुनै टेरपुच्छर नै लाएका छैनन्। 
   
‘हामीले अनुगमन गर्दा अधिकांश नदीबाट अबैध रुपमा ढुंगा बालुवा उत्खनन् कार्य भइरहेको पाईयो’ समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले भने-‘हाम्रो एक्लो प्रयासले उत्खनन् नरोकिएपछि प्रहरीको सहयोग लिएका छौं।’ उनले कैलालीको चिसापानी स्थित कर्णाली नदीमा अझै पनि लुकिछिपी नदी जन्य पदार्थ दोहन हुने गरेको बताए। ‘खोला नै फर्काउने हिसाबले कर्णाली नदीमा चिराचिरा बनाई ढुंगा, गिट्टी, बालुवा उत्खनन भएको छ’ संयोजक थापाले भने–‘स्थानीय तहको यो मनपरिले भविश्यमा जनतालाई संकट आउने देखिन्छ। 

खोलामै स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् भएकाले अर्को विकल्प नभए सम्मका लागि लम्कीचुहा नगरपालिका र जानकीनगर गाउँपालिकालाई कर्णाली नदीमा उत्खनन् रोक्न आदेश दिए पनि उनीहरुले टेरपुच्छर नै नलाएको थापाले बताए। कर्णाली नदीमा आइइई गरिएको ठाउँभन्दा पनि आफूखुसी जहाँ पायो त्यहीँबाट स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालिएको उनले बताए। 

गोदावरी नदीमा सञ्चालन भएको क्रसर उद्योगसमेत अझै हटाइएको छैन। गोदावरी खोलामै घुम्ती क्रसर सञ्चालन गरिंदा समेत नपरपालिकाले कुनै जानकारी नै नगराएको थापाले सुनाए। ‘घुम्ती क्रसरको बारेमा अहिलेसम्म नगरपालिकाले त्यस्तो कुनै कागजात दिएको छैन’ थापाले भने–‘बाहिरबाट सुने पछि नगरपालिकालाई तुरुन्तै घुम्ती क्रसर राख्नका लागि दिइएको अनुमति पत्र बुझाउन पत्राचार गरेका छौं।’
 
एक महिनादेखि गोदावरी नदीमै घुम्ती क्रसर उद्योग स्थापना गरेर नदीजन्य पदार्थ उत्खनन भइरहँदा स्थानीय बर्खायाममा नदी कटानको जोमिखममा पर्ने भन्दै विरोधमा छन्। जथाभावी खोलामै स्काभेटर लगाएर नदीजन्य पदार्थ निकाल्दा नदीको धार परिवर्तन हुने संभावना उच्च हुनथालेको स्थानीय कमला विष्टले बताइन्। 

'हामीले विरोध गरेर नगरपालिका पनि घेराउ गर्‍यौँ, तर, जनप्रतिनिधिले कुनै सुनुवाई समेत गरेनन्, उल्टै केन्द्रको ठेक्का भन्दै ठेकदारलाई नै संरक्षण दिने काम भएको छ।’वडा कार्यालय, गोदावरी नगरपालिका, इलाका वन कार्यालय, जिल्ला स्थित वन डिभिजन कार्यालय, वन मन्त्रालय लगायतका स्थानमा गुहार्दा समेत कुनै प्रतिक्रिया नपाएको उनको गुनासो छ।

जिससले खुटिया नदीमा यस अघि प्रहरी लगाएर नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएकोमा अनुगमन पछि खोलिएको छ। वातावरणीय प्रभाव मुल्यांकन गरेको ठाउँमा मात्र उत्खन्न गर्न दिने गरी खोलिएको जिससले जानकारी दिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।