बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनटिसीलाई लागत घटाइ फोरजी सेवा विस्तार गर्न निर्देशन

एनटिसीलाई लागत घटाइ फोरजी सेवा विस्तार गर्न निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल टेलिकम(एनटिसी)ले बिस्तार गर्न लागेको फोरजी सेवा बिस्तार गर्दा ठेक्काको लागत घटाइ प्रतिवद्धता अनुसार १२ महिनाभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ।

अर्थ समितिको मंगलबारको बैठकले टेलिकमको फोरजी बिस्तारको हाल प्रकृयामा रहेको ठेक्कालाई अझ मितव्ययी हुने गरी गर्ने वा प्रविधिको स्तर वृद्धिगरी रणनीति र कार्यनीति तयार गरि फोरजी सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। जसमा छोटो प्रकृया अबलम्बन गरी नयाँ बोलपत्र आब्हान गरेर सस्तो विकल्प छनौट गर्न निर्देशन दिएको छ। लाभ लागतको विश्लेषण गर्न निर्देशन दिँदै त्यस्तो निर्णयप्रति प्रकृयामा संलग्न सबैले जिम्मेवार र जवाफदेहिता बहन गर्न गराउन पनि निर्देशन दिएको छ।

‘त्यसैगरि फोरजी सेवा बिस्तारको लागि सम्झौता भएको मितिले १२ महिनाभित्र मुलुकभर सेवा प्रवाह हुने आधार सुनिश्चित हुनेगरी लागू गर्न समेत निर्देशन दिएका छौ,’ समितिका सभापति कृष्णप्रसाद दाहालले भने ‘यदि १२ महिनामा काम सम्पन्न गर्दा उपकरण र सेवाको गुणस्तरमा कुनै सम्झौता नहुने र तोकिएको काम सम्पन्न नभएमा सम्झौतामा संलग्न हुने सम्बद्ध सबै पक्ष जवाफदेहि हुनुपर्नेछ।’

उनकाअनुसार फोरजी सेवा बिस्तारबाट आगामी ५ वर्षमा नेपाल टेलिकमको वित्तीय अवस्था सुदृढ भइ सरकारलाई प्राप्त हुने राजस्व र लाभांश दोब्बर हुने आधारसहितको विश्वसनिय व्यवसायीक योजना बनाई लागू गर्न गराउन निर्देशन दिएइको छ। साथै निर्देशनअनुसार भएको काम कारबाही कार्यान्वयन भएको विवरण समितिमा पेश गर्न समेत निर्देशन दिएको सभापति दाहालले बताए।

समितिको बैठकमा दूरसञ्चरक्षेत्रका विज्ञ तथा पूर्व प्रबन्ध निर्देशकहरुले भने अबको १२ महिनामा टेलिकमले फोरजी विस्तार गर्न नसक्ने धारणा राखेका थिए।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्