बिहीबार, साउन १४, २०८३

‘एनटीसीको फोरजी सेवा विस्तारमा अनियमितता’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-सांसदहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ठूलो आर्थिक अनियमितता भएको आशंका गरेका छन्। आइतबार बसेको स‌ंसदीय अर्थ समिति बैठकमा आफ्नो धारणा राख्ने अधिकांश सांसदहरूले फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भएको आशंका गरेका हुन्।

१९ अर्ब बढी खर्चेर टेलिकमको फोरजी सेवा देशभर विस्तार गर्ने योजनामा ठूलो अर्थिक अनिमितता हुन गइरहेको सांसदहरुको आरोप छ। सांसद रामकुमारी झाँक्रीले ठूलो रकम खर्च गरेर फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भएको आशंका व्यक्त गरेकिछिन्। ‘निजी क्षेत्रका मोबाइल सेवा प्रदायकले थोरै लागतमा धेरै काम गरेका छन्,’ उनले भने ‘तर बढी खर्च गरे पनि सरकारी स्वमित्वको नेपाल टेलिकमले अपेक्षा अनुसारको काम गर्न सकेको छैन।’

पूर्व अर्थमन्त्री सुरेद्र पाण्डेले तोकिएको समयमा काम नसकिएको भन्दै दुख व्यक्त गरे। अर्का पूर्वअर्थमन्त्री विष्णु पौडेलले पनि फोरजीको विस्तार सुस्त गतिमा अघि बढेको आरोप लगाए। साथै उनले नेपाल टेलिकमलाई फोरजी सेवा विस्तारको लागि वातावरण भने सहज बनाइ दिन पर्ने धारणा राखे।

समितिमा आफ्नो धारणा राख्ने अधिकांश सांसदहरुले एनटीसीको फोरजी विस्तारमा निजी क्षेत्रकोभन्दा बढी लागत लाग्नु आर्थिक अनियमितता भएको आशंका गर्दै छानविनको घेरामा ल्याउन माग गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्