काठमाडौं - ग्लोबल आइएमई बैंकले १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रबेश गरेको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि बिभिन्न कार्यक्रमको अयोजना गरेको छ। १२औं बार्षिकोत्सवको अवसरमा बैंकले शनिबार राजधानीमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो।
‘बचत गरौं’ भन्ने मूल नाराका साथ काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुले सहभागीता जनाएका थिए। प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीरहस्पिटल, जमल हुँदै पुनः कान्तिपथ शाखामा पुगेर समापन गरिएको थियो।
बैंकले बिराटनगर, लाहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज, लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो। वार्षिकोत्सवमा विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि रक्तदान एवम् निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरिसकेको थियो।
२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै राम्रो सफलता हासिल गरिसकेको छ। स्थापनाको एकदशकको अवधीमा ग्लोबल आइएमई बैंकले बैंक अफ द इएरअर्वाड, बेष्ट इन्टरनेट बैंकिङ्गअर्वाड, रबेष्ट इम्प्लोयर अवार्डलगायतबाट समेत सम्मानित भइसकेको छ। १३३ शाखा, १४२ एटिएम, ३ वटा देशमा सम्र्पक कार्यालय, ७ बटा एक्टेन्सन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ९ लाख ५० हजार भन्दा बढि ग्राहकलाई सेवा दिँदै आइरहेको छ।
त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउदै देशको अर्थ व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४