बिहीबार, चैत १२, २०८२

स्वास्थ्यका लागि बहुपयोगी सुन्तला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
जाडो मौसममा स्वास्थ्यका लागि फलफूल खानु निकै उपयोगी हुन्छ। चिसो मौसममा शरीरले कम मात्रामा पानी सेवन गर्ने हुनाले फलफूल खाएर शरीरमा पानीको मात्रामा कमी आउँन दिँदैन। 

धेरै जुस भएका फलफूल मध्य सुन्तला एक यस्तो फल हो जसले जाडो मौसममा शरीरलाई अनेकौ रोगबाट टाढा राख्दछ। 

सुन्तलामा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ। चिसो ठाँउ र चिसो मौसममा फल्ने सुन्तलाको धेरै महत्व छ। सुन्तला विभिन्न प्रकारको रोगको औषधी पनि हो। बढी तौल भएका व्यक्तिको लागी सुन्तला झनै लाभदायी हुन्छ। 

मृगौलाको पत्थरी, रुघाखोकी, मुटुको रोगी, दम, निमोनिया, श्वासप्रश्वासको समस्या, मधुमेह उच्च रक्तचापका रोगीलाई सुन्तलाको सेवन लाभदायक मानिन्छ । 

यस्ता छन् सुन्तलाका फाइदा

कोलेस्ट्रोल घटाउँछ


सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ जसले शरीरको अनावश्यक कोलेस्ट्रोल घटाउन मद्दत गर्छ। 

इम्युनिटी पावर बलियो बनाउँछ

भिटामिन सी ले भरिपूर्ण भएकै कारण चिसो मौसमा लाग्ने रुघाखोकीबाट सुन्तलाको प्रयोग गरी बच्न सकिन्छ। दिनहुँ दुई वटा सुन्तला सेवन गर्नाले शरीरलाई धेरै फाइदा पुग्छ र विभिन्न रोगबाट बच्न सकिन्छ।

मुटु बलियो बनाउँछ 

सुन्तलामा पोटासियम र इलेक्ट्रोलाइट मिनरल हुन्छ। जसले मुटुको गतिविधिलाई सुचारु राखी स्वस्थ बनाउँछ। पोटासियमले मुटु सम्बन्धि हुने रोग लाग्न दिँदैन्। 

आँखा तेजिलो बनाउँछ

भिटामिन ए, क्यारोटेनोइड जस्ता तत्वले भरिपूर्ण सुन्तलाले आँखा तेजिलो बनाउँछ। सुन्तलाले आँखाको विभिन्न समस्या र रतन्धो हुनबाट जोगाउँछ। 

थकानको औषधी

थकाई लागेको बेला सुन्तलाको जुसले छिट्टै थकान हटाउन मद्दत गर्छ। किनकी सुन्तलामा भिटामिन सी भरपुर मात्रामा पाइन्छ। 

पेटको समस्या 

पेटमा ग्याँस भरेर असजिलो महसुस भएको समयमा सुन्तलाको जुस सेवन गरी राहत पाउन सकिन्छ। यसका साथै सुन्तलाले कब्जियतको समस्या हटाउने र पाचन प्रक्रियालाई बलियो बनाउँछ।  
यसैगरी सुन्तलामा पाइने बेटा बेरोटिनले छालालाई सफा चम्किलो र मुलायम बनाउँछ। सुन्तलाको बोक्रालाई सुकाएर पाउडर बनाइ गुलाब जल वा दुधसँग मिसाएर लगाउँदा अनुहारको सुन्दरता बनिरहन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्