काठमाडौं-सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने अपर नेसम खोला ए जलविद्युत् आयोजनाको २१ मेगावाटको विद्युत खरिद सम्झौता भएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ३ मा निर्माण गर्न लागिएको २१ मेगावाटको उक्त आयोजना 'टेक अर पे' को आधारमा विद्युत खरिद सम्झौता भएको हो ।
यस अघि देखि नै सो आयोजनाको ४३ मेगावाट निर्माणको चरणमा रहेको छ। अपर नेसम खोला ए जलविद्युत् आयोजनाको २१ मेगावाटको विद्युत खरिद सम्झौता पश्चात सिन्धु ज्वाला हाईड्रोपावर लिमिटेडले ६४ मेगावाटको दुई हाइड्रो योजना निर्माण गर्ने भएको छ।
एकै स्थानमा निर्माण हुने उक्त दुवै आयोजना ३ बर्षभित्र सम्पन्न गर्ने योजना रहेको सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडका प्रवन्ध सञ्चालक बद्रीबहादुर कार्कीले जनाएका छन्। उक्त जलविद्युत आयोजना निर्माणको लागि करिव ३ अर्वमाथि लागत अनुमान रहेको प्रवन्ध सञ्चालक कार्कीले जानकारी दिएका छन्।
विद्युत खरिद सम्झौतामा नेपाल विद्युत प्राधिकरणकातर्फवाट उपकार्यकारी निर्देशक जगदिश्वरमा सिंह र सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडकोतर्फवाट कम्पनीका प्रवन्ध सञ्चालक बद्रीबहादुर कार्कीले हस्ताक्षर गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४