बिहीबार, साउन १४, २०८३

दोहोरो अंकले घट्यो शेयर बजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- शेयर बजार दोहोरो अ‌कंले घटेको छ। शेयर बजारमा आएका अधिका‌शं समूहको परिसूचक घट्दा समग्र नेप्से बजारको परिसूचक १०‍‌‌‍‍‍.८६ अंक घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको हो। 

'क' बर्ग कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १.८७ अंक घटेर २४७.६१ विन्दुमा पुगेको छ। 

सोमबार १६६ कम्पनीको ११ हजार ९७५ कारोबारबाट १२ लाख ६५ हजार ७८६ कित्ता शेयर खरिद बिक्री हुदा ३६ करोड ७७ लाख छ हजार ६३८ रुपैयाँ कारोबार भएको छ।

शेयर बजारमा अएका ११ समूह मध्ये १० समूहको परिसूच घटेको छ। जसमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ६१.६८ विन्दुले घटेको छ। 

त्यस्तै बैंकिङ समूहको परिसूचक ४.६२, व्यापार समूहको २.९६, होटल १९.५२, विकास बैंक ७.७६, जलविद्युत् ४२.१७, निर्जीवन बीमा ४२.६७, उत्पादन २३.५२, अन्य ११.६०, लघुवित्त २५.५१ अंक घटेको छ।

यसैबीच वित्त उपसमूहको परिसूचक भने ०.६५ विन्दुले बढेको छ। 

गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीहरुले कमाएका छन् भने माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी  लगायतले गुमाएका छन्।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सोमबारदेखि शुरु भएको छ। संस्थाको सुरुवाती कारोवारका लागि प्रतिकित्ता न्यूनतम १६८ र अधिकतम ५०५ रुपैयाँ रहने गरी सीमा निर्धारण गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्