बिहीबार, साउन १४, २०८३

अर्थले ल्यायो कर्मचारी आचारसंहिता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अर्थमन्त्रालयले आफु र आफ्नो मातहतका कर्चारीहरुको लागि आचारस‌ंहिता, २०७५ ल्याएको छ। मन्त्रालयको कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आचारसंहिता ल्याएको हो।

कर्माचारीले कार्यालय समयभित्र कुनै कामविशेषले बाहिर जानु र्ने भएमा रजिस्टर वा विद्युतीय प्रणालीमा विवरण खुलाई आफूभन्दा माथिल्लो अधिकारीको स्वीकृति लिनुपर्ने व्यवस्था आचारसंहिताले गरेको छ।  यस्तै कर्मचारीलाइ सार्वजनिक स्थलमा मदिरा सेवन र तासजुवा खेल्न रोक लगाइएको छ।

आचारसंहितामा सरकारी प्रतीक चिह्न, छाप, साँचो पासवर्डलगायतका अन्य कुरा सुरक्षितसाथ राखी हिफाजतपूर्वक प्रयोग गर्नुपर्ने उल्लेख छ।  संगठनको मर्यादालार्इ उच्च राख्न  कर्मचारीका बारेमा परेका गुनासा एवं उजुरीहरुको वस्तुगत रुपमा छानविन गर्ने गराउने र तालुक निकायलार्इ सो को जानकारी तत्काल गराउन आचारसंहिताले निर्देश गरेको छ।

आचारसंहिताले कर्मचारीको पोसाक र परिचयपत्र अनिवार्य गरेको छ। कर्मचारीले मन्त्रालयको कामबाट अलग भएपछि आफ्नो परिचयपत्र, कागजात, पासवर्ड र नगदी जिन्सी अनिवार्य रुपमा मन्त्रालयमा फिर्ता गर्नुपर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्