शनिबार, चैत ११, २०७९

युनिटेक सिमेन्ट एक महिनापछि पुन: संचालनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
वीरगंज- स्थानीय बासिन्दाको अवरोधका कारण एकमहिना अघिदेखि बन्द रहेको वीरगंज पथलैया अौद्योगिक करिडोरको सिमरामा अवस्थित युनिटेक सिमेन्ट प्रालि पुन: संचालनमा आएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ बजनीस्थित युनिटेक सिमेन्टले  करिब ६ करोड रुपैयाँको लगानीमा डक्टिङ सिस्टम ९धूलो सोस्ने प्रविधि० जडान गरेपछि उद्योग‌ संचालनमा आएको हो । यो सिमेन्टको लागी आवश्यक कच्चापदार्थ क्लिंकर उत्पादन गर्ने करिडोरको एकमात्र उद्योग हो।

२०६४ सालमा शालिमार समूह र रिलायन्स समूहको संयुक्त लगानीमा ३० करोड रुपैयाँ पूँजीमा स्थापना गरिएको हो। यो उद्योगले मकवानपुरमा रहेको चुनढुङ्गा खानीबाट ल्याइएको चुनढुङ्गा पिंधेर सिमेन्ट उद्योगको कच्चा पदार्थ क्लिङ्कर उत्पादन गर्दै आएको उद्योगका प्रबन्धक गिरधारी अग्रवालले जानकारी दिए।

वार्षिक ९० हजार मेट्रिक टन उत्पादन क्षमता भएको यो उद्योगबाट उत्पादित क्लिंकर सिमरास्थित शालिमार सिमेन्ट उद्योग र जीतपुरमा अवस्थित रिलायन्स सुपर टेक सिमेन्ट उद्योगले प्रयोग गर्दै आएका छन्। उद्योग सञ्चालनमा आएपछि शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल र स्थानीय बासिन्दाले उद्योगको स्थलगत निरिक्षण गरेका थिए। 

उद्योगको निरिक्षणका क्रममा उद्योगले अपनाएको प्रविधि सुधारोन्मुख रहेको मेयर पौडेलले बताए। उनले उद्योग व्यवस्थापनलाई धन्यवाद दिंदै उपमहानगरपालिकाको वातावरण स्वच्छ बनाउन गरिएको प्रयास सह्रानीय रहेको बताए। 

उद्योगले प्रदूषण फैलाएको भन्दै मङ्सिर २३ गते उद्योग बन्द गराउन सक्रिय रहेका वडाध्यक्ष अन्सारीले पनि उद्योगले जडान गरेको प्रविधिबाट गाउँमा फोहोर, धूलो नगएको स्पष्ट पारे। उनले हाललाई उद्योगको अवस्था सन्तोषजनक भएपनि आगामी दिनमा अझै सुधार गर्नुपर्ने बताए।

उद्योगी अशोक वैधले डेढ महिना उद्योग बन्द रहँदा अढाई करोड रुपैयाँ आम्दानी गुमेको र करिब १ करोड रुपैयाँ घाटा भएको बताए। उनले उद्योग स्थापना गर्दा वातावरण प्रभाव मूल्याङ्कन गरी स्थापना भएको र पछि उद्योग वरिपरि बस्ती र स्कूल बसेपछि समस्या बढेको गुनासो गरे।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।