बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौंमा हाइड्रो एक्स्पो शुरु, कुलमान घिसिङ सम्मानित

काठमाडौंमा हाइड्रो एक्स्पो शुरु, कुलमान घिसिङ सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट हाइड्रो एक्स्पो २०१९ शुरु भएको छ। एक्स्पोको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन्। एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल राखेका छन्। 

सोही अवसर पारेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले सम्मान गरेको छ। इप्पानले कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्‍याएको योगदानको उच्चकदर गर्दै घिसिङलाई सम्मान गरेको बताएको छ। 

उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान प्रदान गरेका हुन्।
 
०७३को भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालि लाग्दो लोडसेडिङको अन्त्य गरेका थिए। साथै कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनीक सुधार तथा पुनर्सरचनामार्फत खुद नाफामा लगेका छन्। उनकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत उत्पादन, प्रसारण लाइन र वितरण आयोजनाका कामले पनि तिब्रता पाएको छ। 

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्