बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सम्बन्ध विच्छेददेखि सुत्केरी अवस्थासम्मका नयाँ बिमा सेवा शुरु

सम्बन्ध विच्छेददेखि सुत्केरी अवस्थासम्मका नयाँ बिमा सेवा शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले तीन नयाँ बीमा सेवाहरु थप गरेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागार्इं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाद्वारा संयुक्त रुपमा यी बीमा सेवाहरुको शुभारम्भ गरिएको हो।

महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ‘सिद्धार्थ आदर्श नारी दुर्घटना बिमा’ ल्याइएको हो। जो महिलामैत्री बिमालेख रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार बिमालेखले बिमितको साथै नीजको पतिको समेत दुर्घटना बिमा जोखिम बहन गर्नेछ। साथै  बिमित अस्पताल भर्ना भएको उपचार खर्च, सम्बन्ध बिच्छेदको अवस्था आईपरेमा पर्ने खर्च बहन गर्ने गर्ने छ।

दुर्घटनाजन्य कारण (वाढी,पहीरो,आगलागी, भुकम्प)बाट घरायसी सामानको क्षति भए बहन गर्ने,सुत्केरी गराउने सिलसिलामा अपरेशनवा सुत्केरी हुन नसकी बिमितको मृत्यु लगायतमा बिमा सेवा समावेश गरिएको छ।

महत्वपूर्ण बिमामा सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान, श्रीमती तथा दुई १८ वर्ष सम्मका सन्तान एकै बिमालेखमा समावेश गर्ने सेवा रहेको कम्पनीको भनाइ छ। 

अर्को बिमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले ‘प्रोफेसनल इनडेनीटी फर डक्टरर्स एण्ड मेडीकल प्राक्टीसिनरर्स’बिमा सेवा प्रदान गरेको छ। उक्त बिमालेखले प्रचलित अन्य बिमा लेखभन्दा फरक ढङ्गले सामुहिक प्रतिबद्धता गरिएको रकम क्षतिपूर्ति दिने व्यवस्था छ।

हाल कम्पनीले ७० भन्दा बढी शाखा सञ्जालबाट आफ्ना सेवाहरु विस्तार गरीरहेका छ। 

कार्यक्रममा संस्थाले आफ्नो सद्भावनादुतको रुपमा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बालाई नियुक्त गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्