भैरहवा – कृषि विकास बैंक लिमिटेड परासी शाखाले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा ग्राहक लक्षित र सामाजिक उत्तरदायित्व अन्र्तगतका विभिन्न गतिविधीलाई तिब्रता दिँदै आएको छ।
केही दिन अगाडी तिलोत्तमा नगरपालिका वडा– ९ तुलसीपुरमा रहेको गौतमबुद्ध आर्दश शिसु सदन विद्यालयमा पढ्ने विद्यार्थिहरुकोलागी जाडोबाट बच्ने सामाग्रीको रुपमा स्वीटर र टोपी हस्तान्तरण गरेको बैंकले बुधबार परासीमा एटिएम सञ्चालन गरेको छ।
नवलपरासीको रामग्राम नगरपालिका–५ स्थित परासी बजारमा एटिएम सञ्चालनमा ल्याएको छ। परासीमा सञ्चालन आएसँगै बैंकका एटिएम सेवा ५५ पुगेका छन्। एटिएम सेवाको बैंकका क्षेत्रीय निर्देशक मीनराज पोख्रेलले उद्घाटन गरे। सो अवसरमा बोल्दै पोख्रेलले ग्राहकको सेवालाई सहजता प्रदान गर्न एटिएम सञ्चालनमा ल्याइएको बताए।
उनले हरेक नागरिकलाई प्रभावकारी र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्य अन्तर्गत एटिएम सेवा दिइएको जनाए। निर्देशक पोख्रेलले विगतका दिनमा गाउँका किसानलाई कसैले नपत्याएको अवस्थामा सानोसानो भए पनि संस्थागत रुपमा ऋण दिनु पर्छ र उनीहरुको जीवनस्तर उकास्नुपर्छ, कृषि पेसालाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले बैंक स्थापना गरिए पनि अहिले (क) वर्गको बाणिज्य बैंकको रुपमा स्थापित भएको बताए। पोख्रेलले बैंकले अहिले किसानलाई कृषि कर्जासँगै ४० प्रकारका कर्जाहरु प्रदान गरेर सबै क्षेत्रका नागरिकलाई ऋण उपलब्ध गराउँदै आएको जनाए।
उनले यससँगै अन्य बैंकहरुले जस्तै डिम्याट खाता खोल्ने, स्मार्ट बैंकिङ, एटिएम, भिजा कार्ड, एसएमएस एलर्ड सुविधा, एलसी, बैंक ग्यारेन्टी लगायतका विभिन्न नयाँ योजनाहरु पनि संचालनमा ल्याएको जनाए।
शाखा प्रबन्धक जयनेपाल श्रेष्ठले बैंकले शुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको बताउँदै एटिएम सेवाको भरपूर्ण प्रयोग गर्न ग्राहकलाई आग्रह गरे। उनले सरल र छिटोछरितो सेवा नै बैंकको उद्देश्य भएको जनाउँदै आगामी दिनमा थप नयाँ योजनाहरु साथ अघि बढ्ने जनाए। कार्यक्रममा पूर्वराज्यमन्त्री घनश्याम यादव, बैंकका ग्राहक, कर्मचारी लगायतको सहभागिता थियो। देशका ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग पु¥याउने प्रमुख उद्देश्यका साथ वि.सं. २०२४ सालमा स्थापना भएको बैंकका हाल मुलुकमा सबैभन्दा धेरै शाखासंजाल छन्। बैंकका साविक लुम्बिनी अञ्चलमा २९ र नवलपरासीमा मात्रै ४ वटा शाखा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४