बिहीबार, साउन १४, २०८३

बुद्धले वैशाखदेखि कोलकाता उडान भर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वैशाख २ गतेदेखि बुद्ध एयरले कोलकातामा उडान भर्ने भएको छ। एयरले बुधबार पत्रकार सम्मेलन गर्दै कोलकातामा उडान भर्ने जानकारी दिएको छ। कम्पनीका प्रबन्धक निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कम्पनीको रणनीतिअनुसार ०७६ वैशाख २ देखि साताको तीन दिन कोलकाता उडान गर्ने बताए। ‘सोमबार, बुधबार र शुक्रबार काठमाडौं-कोलकाता-काठमाडौं गर्नेछौं,’ उनले भने, ‘यो उडान हाल प्रयोग भइरहेको ‘एटिआर-७२’ विमानबाटै गर्नेछौं।’

कोलकाताका लागि सातामा ६ उडान मात्रै भर्ने जानकारी उनले दिए। यसैगरी बुद्ध एयरले कोलकाताको उडान सफल भएमा ०७७ भदौदेखि दक्षिण एसियाका अन्य सहरमा पनि उडान सञ्चालन गर्ने भएको छ।


बुद्धले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउनेबित्तिकै को जेटको अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। पोखरा विमानस्थल ०७८ साल भदौदेखि सञ्चालन आउनेछ।

कम्पनीका अनुसार अहिले अन्तर्राष्ट्रिय उडानको सरदर ६५ प्रतिशतदेखि ७० प्रतिशत यात्रु नेपाली कामदारले ओगट्ने गरेको छ। त्यसैले पनि निजी एयरलाइन्सहरुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्