बुधबार, साउन १३, २०८३

सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडको सपथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाण्डौं- नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् डा चिरंजीबि नेपालले सन्राइज बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराए।

मोतीलाल दुगड गत पौष २९ मा भएको बैंकको साधारण सभावाट पुनः संचालकमा निर्वाचित भई सर्वसम्मतवाट अध्यक्ष चुनिएका थिए।

सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रीमान् चिन्तामणी शिवाकोटी, कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरुलगायत सनराइज बैंकका नवनिर्वाचित संचालक श्रीमती शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायब महाप्रबन्धकद्‍वय अपछकुमार यादव र रविन नेपाल तथा कम्पनी सचिव ईश्वरकुमार पाठक उपस्थित रहनु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्