बिहीबार, चैत १२, २०८२

तरुल खानुभयो? यस्ता छन् फाइदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इटहरी - आज माघे सक्रान्ति। धेरैले खाने कन्दमूल हो तरुल। आज घरघरमा विभिन्न जातका तरुल पाक्छन्। तरुललाई अफ्रिकाका इग्बा जातिले त अझै महत्त्वपूर्ण मान्छन्। नयाँ तरुल खान महोत्सव रुपमा मनाउँछन् इग्बा जातिहरु। यो पर्वलाई इवाजी भनिने विभिन्न अनलाइन सामग्रीमा उल्लेख गरिएको छ।

तरुलमा अत्यन्तै धेरै पौष्टिक तत्त्व रहेकाले यसका धेरै गुण भएको पोषणविद्हरु बताउँछन्। नेचुरलफुड सिरिज डटकममा हालसालै ब्रान्डी मार्सेनले डिसेम्बर १५, २०१८ मा एक लामो आलेखमा तरुलका खाँदाका फाइदा उल्लेख गरेका छन्।

१. भ्रूणको विकास हुन्छ

तरुलमा फोलेट नामक तत्त्वका अतिरिक्त आइरनयुक्त मिनरल हुन्छ। यसले गर्भवतीमा भू्रणको विकास गर्न, हड्डी बलियो बनाउन र मर्निङ सिकनेसको समस्या रोक्न सजिलो हुन्छ।

२. महिनावारी सन्तुलन गराउँछ

तरुलले महिनावारी हुने महिलालाई महिनावारी हुनु अगाडि र महिनावारीको समय सकिएपछिको समयमा सहयोग गर्छ। हर्मोनको सन्तुलन मिलाएर यस्ता समस्या तरुलले रोक्छ। भिटामिन बी सिक्सको मात्रा कायम गर्छ।

३. पाचन प्रणालीमा सहयोग गर्छ

तरुलमा प्रशस्त फाइबर हुन्छ। फाइबरले आन्द्रा सफा बनाउने मात्रै हैन, कब्जियतका समस्या पनि हुन दिँदैन।

४. छाला सुन्दर बनाउँछ

तरुलमा कोलाजेन नामक एक रासायनिक तत्त्व हुन्छ। यसले छाला लचकदार र शक्तिशाली बनाउँछ। तरुलमा एन्टिअक्सिडेन्टको मात्रा पनि हुन्छ। यसले कोषको पुनरुत्पादनमा सहयोग र कलिलो उमेयरमा देखिने बुढ्यौली रोकथाम गर्छ। भिटामिन सी र कोलोजेनको कारणले छालाका घाउ निको पार्न पनि तरुल धेरै उपयोगी हुन्छ।

५. कपाल बढाउँछ

तरुलमा बेटा–कारोटेन नामक नामक तत्त्वले चाँडो बढ्न सहयोग गर्छ।

६. स्मरण शक्ति बढाउँछ

तरुलमा हुने पोटासियमको मात्राले स्मरणशक्ति बढाउँछ।

७. मुटु स्वस्थ बनाउँछ

तरुलमा पोटासियम, म्यागानिज र अन्य मिनरल हुन्छन्। यी कुराले रक्तकोशिकालाई स्वथ्य बनाउँछन। रक्तचाप सन्तुलन राख्न पनि तरुल खानु लाभदायी हुन्छ।

८. रक्त अल्पताबाट घटाउँछ

तरुलमा आइरन र अन्य थुप्रै मिनरल हुन्छन्। यी तत्त्वले रातो रक्त कोशिका (रेड ब्लड सेल) हरुको उत्पादन बढाउनछन। यसले रक्त अल्पताको समस्याबाट मुक्ति मिल्छ।

९. रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न

तरुलमा पाइने भिटामिन ए, भिटामिन सी जस्ता तत्त्वले रत्तकोशिका र एन्टिअक्सिडेन्ट उत्पादन गर्दै शरीरको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छन्।   

१०. शारीरिक शक्तिको विकास

तरुलमा प्रशस्त मात्रामा कार्बोहाइड्रेडको मात्रा हुन्छ। फाइबरको मात्रा उस्तै धेरै हुन्छ। यसले शारीरिक शक्तिको विकास गर्छ।

११. तौल घटाउँछ

तरुलमा भिटामिन बी सिक्स, भिटामिन सी, पोटासियम र फाइबर हुन्छन्। त्यसैले मिलाएर तरुल खाएमा यसले तौल घटाउँछ।

१२. क्यान्सर रोकथाम

तरुलमा एन्टिअक्सिडेनटको मात्रा प्रशस्तै हुन्छ। यसका साथै भिटामिन सीको मात्रा पनि हुन्छ तरुलमा। यसले घातक रेडिकल र ट्युमरको रोकथाम गर्छ।  

१३. आँखा तेजिलो बनाउँछ

तरुलमा हुने भिटामिन सीले आँखाा तेजिलो बनाउन र म्याकुलर डिजेनेरेसन नामक आँखाको रोग लाग्नबाट बचाउँछ।

प्रति सय ग्राममा हुने तरुलका १० पौष्टिक तत्त्व :

१. क्यालोरिज ११८

२. पोलिस्याचुरेटेड फ्याट १ ग्राम

३. डाइटरी फाइबर १ ग्राम

४. कोलेस्ट्रोल १० ग्राम

५. पोटासियम ८१६ ग्राम

६. कार्बोहाइड्रेट २८ ग्राम

७. सुगर ५ ग्राम

८. फ्याट २ ग्राम

९. सोडियम ९ मिलिग्राम

१०. प्रोटिन ५ ग्राम
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्