बिहीबार, चैत १२, २०८२

बजारमा आयाे नयाँ ब्रश : अब दश सेकेन्डमै दाँत टल्काउन सकिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
दाँत मान्छेको अभिन्न अंग हो। दाँतको सरसफाई भएन भने विभिन्न रोगहरुको संक्रमण हुने गर्दछ। दाँत मान्छे प्राचिन कालदेखि नै माझ्दै आएको छ।

प्राचिन कालमा नीमको पात, कोइला र अन्य काठ दाँत सफा गर्न प्रयोग गरिन्थ्यो। समय अनुसार नँया–नँया ब्रान्डका ब्रश बजारमा उपलब्ध छन्। करिब १४ सय वर्ष पहिलेदेखि मान्छेले दाँत माझ्दै आएपनि भरखरै बजारमा नयाँ ब्रान्डको ब्रस आएको छ।

उक्त ब्रसबाट दश सेकेन्डमै दाँत माझ्न सकिने छ। अमेरिकाको लस भेगसमा चार दिनसम्म चलेको कन्जुमर इलेक्ट्रोनिक सो (सीईएस) मा फ्रेन्च कम्पनी फास्टिशले नँया वाई आकारको इलेक्ट्रिक ब्रश सार्वजनिक गरेको हो। मात्र दश सेकेन्डमा यसले दाँतको पुरा सफा गर्छ। 

कम्पनीका अनुसार ब्रशलाई दाँतमा फिट गर्ने र बटन दबाएर दाँतको सफाई गर्न छोड्ने। यसरी छोडेको ब्रश भाइब्रेट हुँदै दाँतको भित्रसम्म सफा गर्छ र दश सेकेन्डमै दात टल्किन्छ।

हामीले प्रयोग गर्ने सामान्य ब्रशले भन्दा १५ प्रतिशत किटाणु सफा गर्ने क्षमता रहेको ब्रशको मूल्य कम्पनीले १२५ डलर तोकेको छ। ब्रस अप्रिल महिनादेखि बजारमा बिक्रिका लागि पठाइने कम्पनिले जनाएको छ। वाई आकारमा बनेको ब्रशमा सानो–सानो नाइलनको ब्रिसल्स राखिएको छ। दाँतमा आरामले फिट गर्न सकिन्छ। 

प्लास्टिकबाट बनेको ब्रश बच्चादेखि वृद्धसम्मले सजिलै प्रयोग गर्न सक्छन्। दन्तमन्जन राखी ५ सेकेन्डसम्म दाँतमै फिट गरी छोड्नुपर्दछ। प्रयोग गरेपछि यसलाई पुनः प्रयोगको लागी चार्ज गर्नुपर्छ।

डेन्टिस्टले पनि करीब २ मिनेटसम्म ब्रश तलमाथी गर्दै दाँत माझ्नुपर्ने सल्लाह दिन्छन्। फास्टिश कम्पनीका अनुसार सामान्य ब्रशको तुलनामा यसले छिटो दाँत सफा गर्दछ। यसले स्वास्थ्यमा कुनै पनि नकारात्मक असर पार्दैन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्