बुधबार, साउन १३, २०८३

दश हजारको लोभले खरिदार जागिर धरापमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दश हजारको लोभले खरिदारको जागिर धरापमा परेको छ। जिल्ला अदालत काठमाडौंमा कार्यरत डिठ्ठा(खरिदार) विदुर पोखरेलको जागिर धरापमा परेको हो।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले डोर खटी बण्डा मुचुल्का बनाउनको लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा घुससहित नियन्त्रणमा लिइएको हो।

आयोगको कार्यालय, टंगालबाट खटिई गएको टोलीले डिठ्ठा पोखरेललाई दश हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ। उनलाई कानून बमोजिम बिगो दश हजार नै कायम गरी जरिवाना र कैद सजाय हुन मागदाबी लिइ आइतबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको प्रवक्ता दंगालले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्