बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषिमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय कार्यदल, यस्तो छ योजना

कृषिमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय कार्यदल, यस्तो छ योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङगारिक कृषि उत्पादनका बारेमा अध्ययन गर्न १५ सदस्सीय उच्च स्तरीय कार्यदल गठन गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको अध्यक्षतामा रहेको कार्यदललाई अध्ययनका लागि चार महिनाको समय निर्धारण गरिएको छ। 

प्राङ्गरिक कृषि उत्पादन प्रणालीलाई व्यवस्थित रुपमा प्रवर्दन गर्ने तथा प्राङगारिक उपजहरुको प्रमाणिकरण गरी स्वदेशी तथा विदेशी बजारमा विश्वसनियता बढाउने र बजार प्रवद्र्धन समेत गर्ने उद्देश्यले कार्यदल गठन गरिएको कार्यदलका सदस्य सचिव एवं मन्त्रालयका वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यले जानकारी दिए। 

कार्यदलमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, राष्ट्रिय सभा सदस्य डा. विमला राई मन्त्रालयका सचिव युवकध्यव जिसी, राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी र खैरहनी नगरपालिका चितवनका प्रमुख लालमणी चौधरी सदस्य रहेका छन्। 

त्यस्तै आलु, तरकारी तथा मसलावाली विकास केन्द्रका प्रमखु डा. हरीबहादुर केसी, नेपाल कृषि अनुसन्धान केन्द्र नार्कबाट डा. टिकाबहादुर कार्की, कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल, प्राङगारिक अभियान्ताहरु डा. प्रेम थापा र उद्धव अधिकारी, कृषि व्यवशायी राजेन्द्र देवकोटा छन्। 

कार्यदलले संघीय मन्त्रालयअन्तर्गत तत्कालै प्राङगारिक कृषि प्रवद्र्धनका लागि कस्तो संस्थागत व्यवस्था र कानूनी ढाँचा निर्माण गर्नु पर्ने हो। त्यसको सिफारिस सहितको प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ। 

संघीय मन्त्रालयअन्तर्गत संस्थागत, नीतिगत, कानूनी ढाँचा निर्माण गर्ने तथा सोही ढाँचाका आधारमा प्रादेशिक तथा स्थानीय सरकारलाई समेत आवश्यकता अनुरुप मार्गनिर्देश गरी अभियानमा एकरुपता कायम गर्ने अपेक्षा मन्त्रालयले गरेका जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्