बुधबार, साउन १३, २०८३

रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक गरेको छ। यो बैंकको मुद्दती निक्षेप जस्तै हो। 

जसमा नियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानीे, दोब्बर रक्षावरण, र बीमाअवधिभर बीमाकंको वार्षिक पाँच प्रतिशतको दरले रकम फिर्ता पाइने जस्ता सुविधाहरु छन्। 

यसको अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कुल बीमाकंको दोब्बर रकम (बार्षिक भुक्तानी गरिसकेको रकम नकटाई) र बोनस एकमुष्ठ रुपमा भुक्तानी गरिनेछ । अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाकं रकम र आर्जित बोनस एकमुष्ठ रुपमा बीमितलाई भुक्तानी गरिने विशेषता छ। 

बीमा लेखको निरन्तरता रहुन्जेलसम्मसुरक्षाको साथै वार्षिक रुपमानिश्चित रकमप्राप्तहुने हुँदा भविष्यमा आइपर्ने बित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पको रुपमा कम्पनीले यो योजना लिएर आएको छ। 

रिलायन्स लाइफ इन्स्योरेन्स सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरघरानाद्वारा प्रबद्र्धित कम्पनी हो। जसले हाल ६८ वटा शाखाहरुबाट आफ्नाग्राहकहरुलाई सेवादिदै आइरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्