मंगलबार, वैशाख ४, २०८१

जनता बैंकले सातै प्रदेशमा प्रादेशिक कार्यालय खुले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-  जनता बैंकले सोमबारबाट देशको सात वटै प्रदेशमा एकसाथ प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ। 

प्रदेश १ को ट्रफिक चोक, विराटनगर, प्रदेश २ को भानु चोक, जनकपुर, प्रदेश ३ को स्कूल रोड, हेटौडा, गण्डकीप्रदेशको न्यूरोड पोखरा, प्रदेश ५ को हस्पिटललाइन, बुटवल, कर्णालीप्रदेशको बिरेन्द्रचोक सुर्खेत र सुदुरपश्चिम प्रदेशको चटकपुर, धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याइएको हो।

प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्नेछ। 

प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवाप्रवाहअभm स्तरीय तथा सरल हुने विश्वास लिईएको छ। स्थापना भएका प्रादेशिक कार्यालयहरुलाई क्रमिक रुपमा सशक्तबनाउन साधनश्रोत थप गरीदै लगिने छ। 

बैकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सात वटै प्रदेशको तराई, पहाडी र हिमालीजिल्ला समेत समेटीने गरी हाल १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, २ सिमित्त बैंकिङ इकाई र २ एक्स्टेनसनकाउन्टर सञ्चालनमा रहेका छन्। बैंकले आगामीदिनमाआफ्नो शाखा संजालबिस्तार गर्दै देश भरी नै सशक्त उपस्थिति जनाउने योजना छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्