बिहीबार, माघ १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • इन्भेस्टमेन्ट बैंकले खोल्यो सातै प्रदेशमा प्रादेशिक कार्यालय

इन्भेस्टमेन्ट बैंकले खोल्यो सातै प्रदेशमा प्रादेशिक कार्यालय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाल इन्भेस्टमेन्‍ट बैंक लिमीटेडले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ। स्थानीयस्तरबाटै सहज र सरल तवरले काम गर्न सजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो। 

जस अर्न्तगत प्रदेश नम्बर १ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं.२को वीरगञ्जमा, प्रदेश ३ को नारायणचौर (नक्साल)मा तोकिएको छ। त्यस्तै गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश ५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र सुदूरपश्चिमका लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ।

बैंकिङ सेवा नपुगेका स्थानीयतहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखाबिस्तारको क्रममा बैंकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ। साथै ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सेवातथा १०९ वटा एटिएमबाट आफ्नो वित्तिय सेवालाई फराकिलो पारेको छ। 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्