काठमाडौं- सिद्धार्थ बैंकले २०७५ पौष २९ गते आइतबारका दिन एकैसाथ ८ स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।
बैंकले काठमाडौं जिल्लाको धनेश्वर, बालुवाखानी, हात्तिगौडा, फर्पिङ, इचंगुनारायण, कीर्तिपुर, भक्तपुरको मध्यपुर ठिमी साथै बर्दियाको बाँसगढी सहित ८ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। साथै हाल साल बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ। जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १३७ वटा शाखा ३ एक्स्टेन्सन् काउन्टर सहित, ९९ शाखारहित बैंकिङ्ग सेवा, १४२ ब्त्ः र १,२०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४