बिहीबार, चैत १२, २०८२

तपाईलाई डार्क सर्कलको समस्या छ? यसरी पाउनुस् छुट्कारा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
आँखा वरिपरिको कालो भागलाई डार्क सर्कल भनिन्छ। आँखा वरिपरि कालो भाग देखिने समस्या महिला पुरुष दुबैमा हुन्छ। सामान्य मान्छेको भन्दा डार्क सर्कल भएका मान्छेको आँखा वरपरको भाग कालो देखिन्छ र यसले अनुहारको सौन्दर्यतालाई नै भद्दा बनाइदिन्छ। 

डार्क सर्कल तनावमा दिन बिताउने, बढी काम गर्ने, कम सुत्ने, खानपिनको कमी, हार्मोनमा परिवर्तन, व्यस्त जीवनशैली, हेरिडिटि र शरीरलाई चाहेजति आराममा ध्यान नदिने ब्यक्तिमा देखिने गर्छ। पुरुषमा भन्दा महिलाहरु यस समस्याबाट बढी ग्रसित भएको पाइन्छ। यसले मानिसको सुन्दरतामा समस्या निम्त्याउँने भएकाले मानिसमा तनाव सिर्जना गर्छ। 
डार्क सर्कल सबै उमेर समूहका मानिसमा देखिन सक्छ। तर, यो उमेरसँगै बढ्दै जाने समस्या हो। 

यसरी हटाउन सकिन्छ डार्क सर्कल

गोलभेडा

डार्क सर्कल हटाउनको लागि गोलभेडाको प्रयोग राम्रो मानिन्छ। छाला नरम र कोमल बनाउन गोलभेडाको प्रयोग गर्न सकिन्छ। 

एक चम्चा गोलभेडाको रस र कागतीको रस मिसाएर कालो भागमा लगाई दश मिनेट पछि सफा पानीले पखाल्ने। यस बाहेक गोलभेडा, कागती र पुदिनाको जुस बनाई सेवन गर्ने गर्दा यो समस्याबाट मुक्ति पाउन सकिन्छ।

भिटामिन सि, ए, के, ई को मात्रा बढी भएका खाना खाँदा पनि डार्क सर्कलबाट बच्न सकिन्छ।

भिटामिन युक्त खानाको प्रयोग गर्दा छाला टाइट हुने र रक्तसञ्चारमा पनि तीव्र हुन्छ। भिटामिन प्रसस्त भएका खाने कुरा फलफूल जस्तै फर्सी, मेवा, आँप, हरियो सागपात, सुन्तला वढी प्रयोगले डार्क सर्कल हटाउन मद्दत गर्छ। 

भिटामिन के

केराउ, ब्रो काउली, अंगुर जस्ता फलफुलमा भिटामिन के प्रसस्त पाइन्छ। यी तरकारी तथा  फलफूलको प्रयोगले पनि डार्क सर्कल हटाउन मदत गर्छ। 

अल्मोन्ड अइल

अल्मोन्ड अइलमा भिटामिन इ को मात्रा धेरै हुन्छ। भिटामिन इ ले छालालाई कोमल र नरम बनाई लचिलो बनाउँछ। सुत्नुअघि अल्मोन्ड अइलको दुई मिनेट मालिसले डार्क सर्कल हटाउन मद्दत गर्दछ। 

गुलाब जल

गुलाब जलले छालाको सौन्दर्यता बचानाईराख्न महत्वपूर्ण भूमिका खेल्छ। डार्क सर्कल हटाउनको निम्ति हरेक राति सुत्नुअघि १५ मिनेट जति गुलाब जल लगायर सफा गर्दा डार्क सर्कल हट्न मदत गर्छ।

पुदिना

पुदिनामा एन्टि अक्सिडेन्ट र एन्टि इन्फ्ल्आमेटरी कारक रोसमारिनिक एसिडको मात्रा बढी हुन्छ। मौसम परिवर्तन भएसँगै आउने एर्लजी र डार्क सकर्लको लागि पुदिना औषधीको रुपमा प्रयोग गरिन्छ। पुदिना र पानी मिसाई पेष्ट बनाई १० मिनेटपछि चिसो पानीले पखाल्ने। छिटो परिवर्तनको लागी हरेक राति सुत्नुअघि प्रयोग गर्न सकिन्छ। यसले पनि डार्क सर्कल हटाउन अचुक औषधीको काम गर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्